भिम चौधरीकैलाली । सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी थारु समुदायले सामूहिक रुपमा गर्दे आएको हरेरी पूजालाई ‘हरेरी महोत्सव’ को रुपमा मनाउँने भएका छन् । प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढी उपमहानगरपालिका—५ जाई गाउँमा थारु समुदायले जाइँको देउथानमा ‘हरेरी महोत्सव २०७५’ मनाउँने भएका हुन् ।
बि.स. २०७३ सालदेखि जाइँको देउथानमा मनाउँन लागिएको ‘हरेरी महोत्सव’ यस वर्ष भाद्र ९ देखि ११ गतेसम्म मनाउँने भएका छन् । महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउँन विभिन्न उप समिति समेत गठन गरिएको हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीले जानकारी दिनुभयो । थारु समूदायकोे अति महत्वपूर्ण मानिने यो पूजा राज्यको उदासीनता, आधुनिक संस्कृति, संस्कारले गर्दा संरक्षण एवं सम्वद्र्धन हुन नसकी दिन प्रतिदिन लोप भइरहेकाले यस पूजाको संरक्षण एवं सम्वद्र्धन गर्नका लागि थारु जाति र सम्बन्धित सबैको कर्तव्य, जिम्मेवारी र दायित्व जिम्मेबारी हुन् भन्ने उदेश्यले यस पर्बलाईलाई महोत्सवको रुप दिई प्रचारप्रसारमा ल्याएको संयोजक कुलबिर चौधरीले बताउँनुभयो ।
महोत्सवमा मुख्य आकर्षणका रुपमा थारु समुदायको लोपोन्मुख मंग्रहवा नाच, लाठी नाच, साखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहने हरेरी महोत्सवका प्रवक्ता बिनय चौधरीले जानकारी दिनुभयो । त्यसैगरी, महोत्सवमा विभिन्न थारु समुदायका खानाका परिकार जस्तै ढिक्री, अण्डीको चामलको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी, खाना, परिकार आकर्षणका रुपमा विभिन्न स्टलमा राखिने प्रवक्ता चौधरीले बताउँनुभयो ।
‘भाषा संस्कृति, कला, भेष हमार, पहिचानः हरेरी महोत्सव मनैना सक्कु किसानक अभियान’ भन्ने मुल नाराका साथ हरेरी महोत्सवको आयोजना गर्न लागिएको हो । संस्कृतिका धनी आदिवासी थारुको सामूहिक रुपमा गरिने चार पूजा धुरिया पूजा, हरेरी पूजा, लवाङ्गी पूजा, निकासी पूजा मध्ये हरेरी पूजा एक महत्वपूर्ण पूजा हो ।