–कृति भट्टराईकाठमाडौं । अष्ट्रेलियाको शहर मेलबर्नको ७ वर्षे एकछत्र राज तोड्दै अष्ट्रियाको राजधानी भियना सन् २०१८ मा सबैभन्दा बस्न लायक विश्वका शहर बनेको छ ।
इकोनोमिष्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षणअनुसार पहिलोपटक युरोपियन राष्ट्रको शहर उत्कृष्ट घोषित भएको हो । विश्वका १ सय ४० शहरको राजनीतिक, आर्थिक तथा शैक्षिक अवस्था, सामाजिक स्थायित्व, आपराधिक गतिविधि र स्वास्थ्यमा पहुँच सर्वेक्षणमा मापदण्ड बनाइएको थियो ।
सर्वेक्षणअनुसार पछिल्ला ७ वर्ष पहिलो नम्बरमा रहेको अष्ट्रेलियाको शहर मेलवर्न दोस्रो स्थानमा झरेको छ । मेलबर्नसँगै अष्ट्रेलियाका अरु दुई शहर सिड्नी पाँचौँ र एड्लेड १० औँ उत्कृष्टमा पर्न सफल भएका छन् । यस्तै क्यानडाका तीनवटा शहर क्यालगरी चौथो, भ्यानकुभर छैठौँमा छ भने टोरन्टो सातौँ स्थानमा छ । सातौँ स्थानमा टोरन्टोसँगै समान अंक बाँडेर एसियाली मुलुक जापानको टोकियो शहर पनि परेको छ ।
जापानकै अर्को शहर ओसाका तेस्रोे स्थानमा छ । उत्कृष्ट १० भित्र पर्नेमा डेनमार्कको राजधानी कोपनहेगन नवौँ स्थानमा छ । बस्न लायक शहर सूचीमा बेलायती शहर म्यान्चेस्टरले सबैभन्दा बढी प्रगतिको फड्को मारेको छ । एकैपटक १६ स्थानको फड्को मारेर लण्डनलाई समेत जितेको म्यान्चेष्टर ३५ औँ स्थानमा छ ।
बस्नका लागि सबैभन्दा अनुपयुक्त शहर भने युद्धको चपेटामा परेको सिरियाको राजधानी दमास्कस ठहरिएको छ । यस्तै, दक्षिण एसियाली मुलुक बंगलादेशको राजधानी ढाका अन्तिमबाट दोस्रोमा छ भने पाकिस्तान चौथोमा छ । अघिल्लो वर्षभन्दा आफ्नो अवस्थाबाट तल झर्नेमा एसियाका अन्य शहरहरु क्वालालम्पूर, काठमाडौँ र कोलम्बो छन् । माथिको तस्बिर अष्ट्रिया । तलको तस्बिर सिरिया । (एजेन्सीको सहयोगमा ।)
बस्न उपयुक्त १० शहरहरुः
१. भियना, अष्ट्रिया२. मेलबर्न, अष्ट्रेलिया३. ओसाका, जापान४. क्यालगरी, क्यानडा५. सिड्नी, अष्ट्रेलिया६. भ्यानकुभर, क्यानडा७. टोकियो, जापान७. टोरन्टो, क्यानडा९. कोपनहेगन, डेनमार्क१०. एड्लेड्, अष्ट्रेलिया
बस्न अनुपयुक्त १० शहरहरुः
१. दमास्कस, सिरिया२. ढाका, बंगलादेश३. लागोस्, नाइजेरिया४. कराची, पाकिस्तान५. पोर्ट मोरोस्बी, पपूवा न्यूगिनी६. हरारे, जिम्बावे७. त्रिपोली, लिबिया८. डुवाला, क्यामरुन९. अल्जियर्स, अल्जेरिया१०. डकार, सेनेगल