रामजीप्रसाद लम्साल
कास्की । यही भदौ १ देखि ३ गतेसम्म पोखराको बदामस्थित बाराहीघाट भलिबल कोर्टमा अन्तर खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
भलिबल प्रतियोगिताको तयारी पूरा भएको कास्की जिल्ला भलिबल सङ्घले जनाएको छ ।
बालुवामा २/२ जनाले खेल्ने बिच भलिबल कोर्टमा बालुवा राख्ने, मैदान सजावट, ब्यानर प्रायोजन, रेफ्री व्यवस्थापन लगायतका कार्यहरू पूरा गरिएको प्रतियोगिता संयोजक तारानाथ पहरीले जनाए ।
कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले प्रतियोगिताका लागि आयोजक, सहभागी, सहयोगी सबै उत्साहित रहेको बताए ।
प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रबर्द्धन गर्न सहयोग पु¥याउने बताए । सङ्घका सचिव कुमार गुरुङले टिम दर्ता प्रक्रिया जारी रहेको जनाए ।
प्रतियोगितामा २२ टिमसम्म हुने अनुमान गरिएकोमा मंगलबारसम्म २२ भन्दा बढी टिम सम्पर्कमा आइसकेको सचिव गुरुङले जनाए । सचिव गुरुङले बिहीबार बेलुकी ५ बजेपछि मात्रै टाइसिट निकालिने बताए । बिहीबार ४ बजेसम्म टिम दर्ताका लागि अन्तिम समय तोकिएको जानकारी दिए ।
पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री रबिन्द्र अधिकारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक कास्की जिल्ला भलिबल सङ्घले जनाएको छ ।
भ