–सरिता श्रीस
साडी,लाली,अनि त्यसपछि बल्ल तालीमन्जुर छौ तिमी ?
हल्का झुकेको नजर,हल्का उठेको छाती,हल्का छिनेको कम्मरयहि हो तिम्रो परिचय ?
भन के हौ तिमी ?३४ ?३६ ?३८ ?४० ?
के थाहा छ तिमीलाई ?हिजो सुन्तलीलाइ असह्य पीडा भएछतिमीलाई देख्नेबित्तिकैकारण,उसको बलात्कृत रक्तनदीर तिम्रो लालीको रङ्गउस्तै रहेछरातोत्यसैले घाउ पुर्न शहर आएकी ऊघाउ बल्झाएर गाउँ फर्की
के थाहा छ तिमीलाईआज दिलमाया तिम्रो साडीदेख्नेबित्तिकै बेस्सरी रोर्इकारण,त्यही रङ्गको साडी रहेछपोहोर दाजुले तिहारमा कोसेली दिएकाजसलाई पहिलो पल्ट के लगाएकी थिई उसलेत्यतिनैबेला नजर लागेछ पापीकोर उतारिएछ साडीले छोपेको उसकोयोवनको रस निचोरी(निचोरी
म जान्दछुन हिजो सुन्तलीको पीडामान आज दिलमायाको आँसुमादोषी छैनन् तिम्रो साडी र लालीन तिमी कसैका लागि ३४, ३६, ३८, ४० हौ
आऊ बहिनीत्यही रातो लिपिस्टिककोधर्के टीका लगाऊ निधारमाघोषित गर आफूलाई आफ्नै कमाण्डरर, लेख साडीले जितेको इतिहास