काठमाडौं । एक प्रसिद्ध क्रिकेटरको पहिचान बनाएका इमरान खान राजनेता बन्दै पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका छन् । उनै नवनियुक्त पाकिस्तानी प्रधानमन्त्रीका केही निजी रोचक जीवनशैली जानी राखौ ।
इमरान खानको जन्म ५ अक्टुबर १९५२ मा लाहौरको एक पश्तुन परिवारमा भएको हो । उनको पुरा नाम इमरान अहमद खान नियाजी हो । इमरान खानको पिता इकरामुल्लाह खान नियाजी र आमा शौकत खानम हाे । इमरान खनाको ४ जना बहिनी रहेका छन् । इमरान खान ले १९७५ मा लंन्डनको अक्सफोर्ड युनिभर्सिटीको केवल कलेजबाट स्नातकोत्तर हासिल गर्नुको साथै उनले फिलोसोपी, राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् ।
रिपोर्टस्का अनुसार इमरान खानले १३ बर्षको उमेर देखि क्रिकेट खेल्न शुरु गरेका हुन् । उनले १८ वर्षको उमेरमा पाकिस्तानी क्रिकेट टिमबाट १९७१ मा इंगल्यान्ड विरुद्धको खेलबाट डेब्यु गरेका हुन् । त्यसपछि १९८२ देखि १९९२ सम्म पाकिस्तानी क्रिकेट टिमको कप्तान रहे । उनैको कप्तानीमा १९९२ मा अष्टेलियामा भएको क्रिकेट बल्र्डकप पाकितानलाई जिताउन सफल भएका थिए । क्रिकेटबाट ब्रेक लिएपछि १९९४मा दिवंगत आमाको सम्झनामा लाहौरमा क्यान्सर अस्पताल बनाएका थिए । त्यस्तै क्रिकेटमा कमेन्ट्रीको काम पनि गर्ने गर्दथे । १९९६मा इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटीआई) पार्टी स्थापना गरी राजनिति जीवनमा औपचारीक रुपमा प्रवेश गरेका हुन् । शरुवाती दिनहरुमा राजनितिमा उनलाई खासै सफलता भने मिलेन तैपनी हार नमानी उनी निरन्तर लागिरहे । २००२ मा भएको नेशनल एसेम्ब्लीको चुनावमा इमरान खान पहिलो पटक विजयी भएका थिए ।
त्यसपछि उनि २००७ सालसम्म मियांवालीको तर्फबाट विपक्षी नेता रहेका थिए । २०१३ सम्म आइपुग्दा इमरानको पार्टी पाकिस्तानको दोस्रो ठूलो दल बनिसकेको थियो । २०१८ मा भएको चुनावमा इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी ले १ सय १६ सिट जितेको थियो तर उनको पार्टीको केही सांसदहरुले एक भन्दा बढी क्षेत्रबाट चुनाव जितेको कारण पार्टीले ६ सिट छोड्नु परेको थियो । निर्वाचन आयोगले पिटीआई ९ सिट अल्पसंख्यक र ३३ सिट आरक्षित कोटा दिएको हो । गत शुक्रबार संसदमा इमरान खानको पक्षमा १७६ मत परेको थियो । विपक्षी उमेद्वार शाहबाज शरिफले भने ९६ मत पाएका थिए । प्रधानमन्त्रीमा निवार्चित भएपछि इमरान खानले सांसदलाई सम्बोधन गरेका थिए ।
नवनियुक्त पाकिस्तानी प्रधानमन्त्रीको खेल र राजनैतिक जीवन जस्तै निजी जीवन पनी उतिकै रोचक मान्निएको छ । इमरान खान महिलाहरुबीच निकै लोकप्रिय छन् । प्रसिद्द अभिनेत्रीहरुसँग उनको अफेयरका कारण निकै गसिप बिषय बन्ने गर्दथे ।
इमरान खानले हालसम्म तीन विवाह गरेका छन् । १९९५ मा उनले पहिलो विवाह बेलायतकी जेमिमा गोल्डस्मीथसँग भएको थियो । तर २००४ मा सम्बन्ध बिच्छेदमा टुङ्गिएको थियो र पनि उनीहरुबीच भने मित्रता भने चलिरह्यो । यो जोडीको सुलेमान र कासिम गरी दुई सन्तान रहेका छन् । २०१५ मा ब्रिटसस–पाकिस्तानी पत्रकार रेहम खान संग इमरानको विवाहको खबरले संचार जगतमा निकै चर्चा पायो । इमरान र रेहमले एक प्राइभेट समाहरोहमा विवाह पनि गरे तर यो विवाह १० महिना भन्दा अगाडि बढ्न सकेन । त्यसपछि यसै वर्ष इमरान खानले प्रशिद्ध बट्टु खानदानकी बशुरासँग विवाह गरेका छन् । इमरानको खानको शपथ ग्रहणको समयमा देश विदेशका अतिथिसँगै बशुरा पनि सहभागी रहेकी थिइन् ।
इमरान खान खानपानमा खासै रुचि राख्दैनन् भोक लागेको समय जे भेट्यो त्यही खाने उनको बानी रहेको बताइन्छ । उनी मांशाहारी हुन् त्यसमा पनि रोस्टेड लोकल कुखुरा उनको पहिलो रोजाई रहन्छ । इमरानकी दोस्रो श्रीमतीले मिडियालाई दिएको एक अन्तर्वातामा इमरान खानामा ध्यान दिदैनन् । उनी खानामा लापरवाही छन् । मुड चलेको बेला उनी आफ्नो घरेलु कामदारको घरको खाना समेत मगाएर खान मन पराउँछन् त कहिले भोकै सुत्छन् ।
Photo: Reuter(Photo: Facebook/Official Imran Khan)( Photo: ANI Twitter ) ( Photo: PTI )