अस्मिता रिजाल काठमाडौं । समयसँगै विकसित उपचार पद्दतिले जुनसुकै रोगको निदानलाई पनि सहज बनाएको छ । अनि, सकारात्मक सोचले मानसिक औषधिको काम गरेको छ । बलियो आत्मबल र परिवारको हौसलाले क्यान्सर रोगलाई जितेकाहरुको कथा, यो रिपोर्टमा ।
हाँसीखुसी व्यवहार अनि बलियो आत्मविश्वास झल्किने बोलीचाली । निरोगी व्यक्तिभन्दा केही फरक नदेखिने डली गुरुङलाई देख्दा लाग्थ्यो, उनी पूर्ण स्वस्थ छिन् । हुनपनि दुई बर्षअघि पाठेघरको क्यान्सरबाट पीडित बनेकी डलीलाइ रोगसँग कत्तिपनि डर लागेन । तेस्रो चरण गुेपछि पत्ता लागेको रोगलाई चुनौति दिँदै डली अघि बढिन्, बलियो आत्मविश्वास र सकारात्मक सोचका साथ ।
क्यान्सरलाई चुनौति दिँदै आत्मविश्वासको धरातलमा टेकेर अगाडि बढ्नेहरुका प्रतिनिधी पात्र मात्रै हुन्, डली । यस्ता हजारौँ दाजुभाइ दिदीबहिनीले क्यान्सरलाई अन्य रोगझैँ स्वीकारेका छन् । एक बर्ष होइन, दुइ बर्ष होइन, बर्र्षौँ बाँचेका छन् उपचारपछि । हो, क्यान्सरलाइ जित्नेहरुको कथा सँच्चै प्रेरणदायी छ । क्यान्सर ग्रसित भएकै आधारमा उनीहरु कमजोर आत्मबदल लिएर बाँचेका छैनन् । न आफ्नो दैनिकि नै छोडेका छन् । बरु, पुनर्जिवन पाएकोमा आत्मसम्मानका साथ जिएका छन् ।
क्यान्सर रोगबाट बाँचेका अधिकांश परामर्श कार्यमा संलग्न छन् । विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रसँग आवद्द भएर आफूजस्तै बिरामीलाइ हौसला दिइरहेका छन् । हो, आधुनिक उपचार पद्दति र परामर्स सेवा नहुँदाको एउटा समय थियो, जतिबेला अभावै अभावमा धेरै क्यान्सर रोगीले ज्यान गुमाए । तर, अव समय त्यो छैन, समयले धेरै फड्को मारेको छ समाज निकै अघि बढिसकेको छ । बरु, क्यान्सर रोगीले समाजमा आफ्नो रोगबारे नहिच्किचाई बताउनु भने जरुरी छ ।
बिरामीलाई रोग शुरु हुँदाकोे परामर्शदेखि निको नहुँदासम्मका प्रत्येक चरणमा फरक छ क्यान्सर उपचार पद्दति । जसले क्यान्सर निदानमा गहन भूमिका खेलेको छ । अनि, त्यसमा सबैभन्दा महत्वपूर्ण औषधि बनेको छ बिरामीको सकारात्मक सोच र बलियो आत्मबाल । त्यसैले त अब क्यान्सर हार्नेको होइन, जित्नेको कथा बनिसकेको छ ।
https://www.youtube.com/watch?v=bEJ2kP-j7K8