सइन्द्र राईको विष्लेषणकाठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला तीन वर्षयता लगातार धर्मबारे बोलिरहनुभएको छ । महामन्त्री कोइरालाको जोड छ– धर्मबारे जनमत संग्रह गरिनुपर्छ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विराटनगर पुगेर शनिबार तिनै शब्द बोल्नुभयो, जुन शब्द तीन वर्षयता लगातार भनिरहनुभएको छ ।
अर्थात्, महामन्त्री कोइरालालाई नेपाल धर्म निरपेक्ष राष्ट्र बनेको मन परेको छैन । त्यसैले हरेकजसो सार्वजनिक अभिव्यक्तिमा भनिरहनु भएको छ– धर्मबारे नेपाली जनतालाई सोध्नुपर्छ । संविधान जारी गर्दा सोधिएन । तर, महामन्त्री कोइराला संविधानका अन्य एजेण्डाबारे भने उतिधेरै केही बोल्नुहुन्न । मानौं– संविधानमा धर्म बाहेक अन्य सवै एजेण्डा जनमत संग्रहबाट टुंग्याइएका हुन् ।
राष्ट्रिय राजनीति हुन् वा पार्टीभित्रको आन्तरिक कलह । कतै पनि प्रस्ट र अपर्झट अभिव्यक्ति नदिने महामन्त्री कोइरालालाई हिन्दू धर्मप्रति भने बढी नै रुझान देखिन्छ । घुमाउरो भाषामा जनमत संग्रहको प्रशंग बेला–बेला उठाइरहनुले हिन्दू धर्मको मोहलाई नै प्रस्ट पार्छ । महामन्त्री कोइरालाले २०७० को संसदीय निर्वाचनमा उम्मेद्वार बनिरहँदा पनि धर्मबारे जनमत संग्रहकै एजेण्डा लिनुभयो । सानातिना सभासमारोहमा मात्रै होइन, आमसञ्चार माध्यमहरुमा पनि महामन्त्री कोइरालाले खुलेरै जनमत संग्रहको प्रशंग उठाइरहनुभएको छ । जुन– अप्रासंगिक मात्रै होइन, असान्दर्भिक पनि छ ।
https://www.youtube.com/watch?v=1JWloMfApFU&t=18s
जबकी, आफ्नै पार्टीका तत्कालीन सभापति सुशिल कोइराला प्रधानमन्त्री रहँदा दलीय सहमतिमा अहिलेको संविधान जारी भएको हो । र, त्यसबेला राप्रपा नेपाल बाहेक दलीय हैसियतमा कसैले पनि धर्म निरपेक्षताबारे असहमति जनाएका थिएनन् । अहिले संविधान जारी गर्दा नेतृत्व गरेकै पार्टीका महामन्त्री कोइराला ९० प्रतिशत बढी सभासदहरुको सहमतिमा जारी संविधानको बर्खिलापमा देखिन्छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको पुत्र भएको लाभ लिदै महामन्त्री बनिसकेका शशांक कोइरालाको हिन्दू धर्मप्रतिको रहर उदेक लाग्दो छ ।
राष्ट्रिय राजनीति हुन् वा पार्टीभित्रको आन्तरिक कलह । कतै पनि प्रस्ट र अपर्झट अभिव्यक्ति नदिने महामन्त्री कोइरालालाई हिन्दू धर्मप्रति भने बढी नै रुझान देखिन्छ ।