मेष राशि
राज्य पक्षबाट सुख सहयोग मिल्ला । धन वस्त्र आदि वस्तुहरु लाभ होलान् । धर्मकर्ममा रुचि रहला । मनमा एक किसिमको उत्साह रहला ।
वृष राशि
शरीरमा तथा आलस्यता उत्पन्न होला । शत्रुहरुले बाधा गर्लान् । पेटका समस्याले सताउला । अस्वस्त रहनाले काममा बाधा पर्ला ।
मिथुन राशि
व्यापार व्यवसाय सफल होलान् । यात्रामा सुख तथा लाभ मिल्ला ।मानसम्मानमा वृद्धि होलान् । आँटेका काम सफल होलान् ।
कर्कट राशि
विपक्षीहरु निष्क्रिय रहला । सम्पत्ति प्राप्त होला । स्वास्थ्यमा सुधार आउला । उद्योग व्यावसाय तथा व्यापारका क्षेत्रबाट सफलता प्राप्त होला । मन हर्षित होला ।
सिंह राशि
पढाइ लेखाइमा रुची होला । पारिवारिक सुख सहयोग प्राप्त होला । भाग्यले साथ देला । गरेका काम सफल होलान् । समयले साथ देला ।
कन्या राशि
विरोधीहरु निष्क्रिय रहलान् । धनलाभ होला । नयाँ काम गर्ने अवसर प्राप्त होला । आएका समस्या समाधान होलान् मानसम्मान प्राप्त होला ।
तुला राशि
व्यापारव्यवसायबाट मनग्य आम्दानी होला । धन वस्त्र आदि लाभ होला । लक्ष्मीको कृपाले आर्थिक लाभ होला । नसोचेका क्षेत्रमा सफलता प्राप्त होला ।
बृश्चिक राशि
धन आम्दानी राम्रो होला । नाताकुटुम्बले साथसहयोग देलान् । पठनपाठनमा विशेष रुचि बढ्ला । गरेका काम सफल होला ।
धनु राशि
अन्न तथा वस्त्र लाभ होला । मन उत्साहित रहला । भोजन तथा चयनमा सुख्ख मिल्ला । मित्रजनको सुख र सहयोगले नसोचेका काम सफल होलान् ।
मकर राशि
धन हानि होला । मनसिक चिन्ताले सताउला शारीरिक थकान तथा समस्यासंग जुध्नुपर्ला । आफन्तसँग विवाद होला । समय शुभ नरहला ।
कुम्भ राशि
अतिथिको सेवा गर्ने मौका मिल्ला धनलाभ होला । मिष्ठान्न भोजन प्राप्त होला । मन हर्षित र प्रसन्न रहला । परिश्रमले पनि विशिष्ट काम बन्ला ।
मीन राशि
विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । मन प्रसन्न रहला पूरा होला । क्षेत्रबाट सफलता प्राप्त होला । मन प्रसन्न रहला ।