काठमाडौं । युट्युव नेपाल ट्रेण्डिङका उत्कृष्ट पचासमा ६ नेपाली गीत परेका छन् । गत साता ट्रेण्डिङको अग्रस्थानमा रहेको द कार्टुन्ज क्रुजलाई फिचरिङ गरिएको सचिन फुयाँलको दन्ते मोहनी बोलको गीतले यो साता पनि निरन्तरता पाएको छ ।
नेपाल युट्युव ट्रेण्डिङको अग्रस्थानमा अर्थात् चौथो नम्बरमा गायक सचिन घिमिरेको गीत रहन सफल भएको छ । त्याे गीतमा श्री थापा मगरको शब्द तथा संगीत छ ।
गत साता छैटौं स्थानमा रहेको युवा र्यापर समीर घिसिङ अर्थात् भिटेनको कथा बोलको गीतको भिडियो यो साता भने ट्रेण्डिङको १७ औ नम्बरमा झरेको छ । गायक समीरको आफ्नै कन्सेप्टमा तयार पारिएको कथा गीतको भिडियोको निर्देशन भने उमन वाइवाले गरेका हुन् । गीतमा गायक धर्मेन्द्र सेवान फिचरिङ छन् ।
यस्तै गत साता नेपाल ट्रेण्डिङको नवौं स्थानमा रहेको गायक अशोक दर्जीको नयाँ गीत झिलमा फूलु कि हिलोमा फुलु बोलको गीत यो साता भने २५ स्थानमा झरेको छ । यसअघि मनविनाको धन गीतबाट नै युट्युवमा भाइरल बनेका बाल गायक अशोक दर्जीको नयाँगीतमा मञ्जुल मितेरीको शब्द र संगीत रहेको छ । गीतको भिडियो सुमन तामाङले निर्देशन गरेका छन् । गीत सुगन्ध एल्वममा समावेश छ ।
गत साता नेपाल ट्रेण्डिङको ४६ औं नम्बरमा रहेको गायक पशुपति शर्मा र गायिका पूर्णकला बिसीको आवाजमा रहेको किन आउथे हाम्रा मामा बोलको तीज गीत यो साता भने २९ औं स्थानमा पर्न सफल भएको छ । गीतमा पशुपति शर्माको शब्द तथा संगीत रहेको छ । दुर्गा पौडेलको निर्देशनमाm भिडियो बनेको छ ।
यो साता नेपाल ट्रेण्डिङको ४० औं नम्बरमा पनि तीजकै गीत परेको छ । गायक खुमन अधिकारी र गायिका स्मृति तिमिल्सिनाको स्वरमा रहेको दिदीभाइ २ बोलको गीतमा शब्द विष्णु न्यौपानेको छ । संगीत खुमन अधिकारीकै छ, स्मृति तिमिल्सिनाले भिडियोको निर्देशन गरेका हुन् । यस्तै यो साता नेपाल ट्रेण्डिङको ४२ औं नम्बरमा लोक गायक खुमन अधिकारीको शब्द र संगीतमा रहेको तीज गीत बेरोजगार पोइ रहेको छ ।
त्यो गीत गत साता २२ औं नम्बरमा रहेको थियो । गीतमा गायिका सम्झना भण्डारीको स्वर छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा खुमन र सम्झना आफैंले अभिनय गरेका छन् । गत साता ट्रेण्डिङको सूचीमा रहेको विनोद पाण्डे र निरु गुरुङको स्वरमा रहेको गर्भ पतन बोलको तीज गीत भने यो साताट्रेण्डिङबाट बाहिरिएको छ ।