प्रेम बुढा
बर्दिया । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया अटो रिक्साको दायाँ तर्फबाट यात्रु चढाउने र ओराल्न नपाइने नियम बनाई लागु गरेको छ ।
दाहिने तर्फबाट चढाउँदा वा ओराल्दा अन्य सवारी साधनको ठक्करबाट दुर्घटना हुन सक्ने जोखिम बढेका कारण अटोरिक्साका लागि नयाँ नियम लागु गरिएको हो ।‘दायाँ तिरबाट ओराल्नु भनेको सडकको बिच भागमा झर्नु हो जुन अन्त्यन्तै खतरा हो’ जिल्ला ट्राफिक कार्यालयका प्रमुख मधुसूदन सिंह ले भन्नुभयो‘ जिल्ला भरिको अटोरिक्सालाई दाहिने तर्फको भाग बन्द गर्न लगाएका छौँ ।’ जिल्लामा अटोरिक्साको लागि नयाँ नियम लागु भए पछि अधिकास अटो रिक्साले दाहिने तीरको भाग बन्द गराइरहेका छन् ।
नयाँ निमय भएकोले पहिलो चरणमा सबै अटो रिक्सा चालकलाई सूचना गर्ने, सचेतना गराउने काम भइरहेको छ । झन्डै २ हप्ता पछिबाट अटेरी गर्ने अटो रिक्सा चालकलाई कार्वही गरिने ट्राफिक प्रहरीको भनाई छ ।
छोटो दुरीकालागि ओहोरदोहोर गर्न सहज हुने भएपछि जिल्लाका बाँसगढी पछि भुरीगाउँ ,आमाबासा,ठाकुरद्धारा,राजापुर,मनाउ,ओराली बजार,कुसुम्बा बजार, प्रगति बजार,खैरापुर,गुलरिया, शितला बजार, मैनापोखर,भलागौढीलगायतका मुख्य बजार आउन तथा अन्य अत्यावश्यक काममा अटोरिक्साको प्रयोग बढ्दै गएको छ ।
अटो रिक्सा प्रयोग गर्ने सर्वसाधारणको सङ्ख्या बढ्दै जाँदा दुर्घटना समेत बढ्न सक्ने भएकोले नयाँ नियम लागु गरिएको छ । यस अघि गुडिरहेको अटोरिक्साबाट खसेर एक जनाको ज्यान गएको थियो । नयाँ नियमले दुर्घटना घटाए पनि अटो रिक्सा चालकले लिने मन परि भाडाले सर्वसाधारण भने मर्कामा परेका छन् ।