हिमलाल पराजुली
स्याङ्जा । स्याङजाको ध्रुव ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू सैद्धान्तिक ज्ञानमा मात्र नभएर व्यवहारिक ज्ञान तर्फ आकर्षित हुन थालेका छन् ।
विद्यालयले एक विद्यार्थी एक तरकारी उत्पादनको अभियान चलाएपछि यहाँका विद्यार्थीहरू तरकारी खेती तर्फ आकर्षित भएका हुन् । विद्यार्थीहरूले विद्यालयमा मात्रै नभएर विद्यालय बिदाको दिनमा घरघरमा पनि तरकारी लगाउन थालेका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ६ दब्छेस्थित ध्रुव ज्योति माविले चलाएको यो अभियानले विद्यार्थीमा श्रम गर्नु पर्छ भन्ने भावनाको विकास भएको प्रस्टै देख्न सकिन्छ ।
कक्षा आठमा अध्यानरत छात्रा अञ्जली थापाले आफूहरूले विद्यालयमा मात्रै नभएर घरमा पनि तरकारी लगाउने गरेको बताइन् । उनले भनिन् 'हामी सबै मिलेर तरकारी लगाएका छौँ घरबाट छिटो आएको बेला तरकारी बारीमै हुन्छौँ आफूले लगाएको तरकारी गोडमेल त गर्नै पर्यो नि उनले भनिन् । कक्षा नौमा अध्ययनरत हिमानी रानाले आफूले विद्यालयमा मात्रै नभएर घरमा पनि तरकारी लगाउने गरेको बताइन् । विद्यालयमा सिकेको कुरालाई घरमा आएर पुन प्रयोग गर्दा बुझ्न सजिलो भएको राना बताउछिन् । उनले भनिन् पहिला तरकारी लगाउनेमा खासै चासो थिएन विद्यालयमा सबै साथीहरू, सर मेडमहरुसँगै काम गर्न थालेपछि फुर्सद भएको समयमा घरमा घरपरिवारसँगै आफूले पनि गर्ने गरेको बताइन् ।
विद्यालयले आफ्नै खाली रहेको जमिनमा तरकारी लगाउने व्यवस्था मिलाएको छ फुर्सदको समयमा शिक्षक विद्यार्थी सबै मिलेर तरकारी बारीमा तरकारी लगाउने गोडमेल गर्दा रमाइलो हुने विद्यार्थीहरू बताउँछन् । जिल्लाको कालिगण्डकी गाउँपालिका स्थित धुब्रज्योती माविका विद्यार्थीलाई एक विद्यार्थी एक तरकारी उत्पादनको अवधारणा विद्यालयले लागू गरेपछि यहाँका विद्यार्थीले विद्यालयमा मात्र होइन घर घरमा समेत तरकारी लगाउन थालेका हुन् । विद्यालयमा गरिएको यो नयाँ अभ्यासले विद्यार्थीको व्यवहारिक जीवनमा परिवर्तन आएको विद्यालयका सहायक प्रअ ढुण्डिराज न्यौपानेले बताउनुभयो ।
विद्यालयका प्रअ हिराबहादुर गाहाले पढेलेखेकाले कलम मात्र होइन कुटो कोदालो पनि चलाउन जान्नु पर्छ आफ्नो लागि दैनिक जीवनमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्नु पर्छ भन्ने भावनाको विद्यार्थीमा विकास गराउने उद्देश्यले विद्यालय परिसर भित्रै तरकारी खेती लगाउने गरेको बताउनुभयो । उहाँले ग्रेड सिटमा ग्रेड वृद्धि गर्न मात्र नभई व्यवहारिक सीप र शिक्षा प्रदान गर्न आफूहरू लागि परेको बताउनु भयो। विद्यार्थीले विद्यालयको तरकारी बारीमा वडा, बोडी, साग लगायतका तरकारी लगाउने गरेका छन् । ३ सय ११ जना विद्यार्थी रहेको ध्रुव ज्योति माविमा अङ्ग्रेजी भाषामा पढाइ हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला यहाँ भने विद्यार्थीको आकर्षण बढेको प्रअ गाहाकाे भनार्इ छ ।
उत्पादित तरकारी विद्यार्थी तथा शिक्षक शिक्षिकाले बाँडेर घर घरमा लैजाने गरेका छन् । प्रत्येक विद्यार्थीले तरकारी लगाउन थालेपछि विद्यालयको वातावरण नै हरियाली बनेको छ । पढाइसँगै व्यवहारिक शिक्षामा समेत विद्यार्थीलाई अभ्यस्त बनाउन थालेपछि विद्यालयको चर्चा बढेको छ । शिक्षक शिक्षिकाको लगाव र विद्यार्थीको परिश्रम गने बानी देखेर यहाँ अभिभावक समेत खुसी भएका छन् । सिकेको व्यवहारिक ज्ञान घरमै प्रयोग गर्नेजस्ता परिवर्तन यहाँका विद्यार्थीहरूमा आउन थालेको छ । विद्यालयको यो नमुना अभियानले अभिभावक समेत खुसी भएका छन् ।
पछिल्लो समय सामुदायिक विद्यालयमा विभिन्न आकर्षणको अभियान ल्याउने लहर चलेको भएता पनि विद्यार्थीलाई उत्पादन र व्यवहारिक शिक्षामा जोडिने शैक्षिक क्रियाकलापले विद्यार्थीहरू विद्यालयप्रति आकर्षित हुन थालेका छन् । कालिगण्डकी गाउँपालिकाको धुब्रज्योती मा.विका विद्यार्थीलाई एक विद्यार्थी एक तरकारी उत्पादन कार्यक्रमले नमुना बनाएको छ । उनीहरू बिहानै विद्यालय आउने आंफूले रोपेको तरकारीको रेखदेख गर्ने र प्रयोगात्मक शिक्षा समेत लिने गर्दा विद्यालयमा तरकारी उत्पादन बढेको छ ।
किताब कापी लिएर पढ्न विद्यालय आउने विद्याथीहरु विद्यालयबाट घर जाँदा बेलुकाको लागि गर कारी लिएर जाँदा अभिभावकमा छुट्टै खुसी छाएको छ । विद्यालयमा उत्पादन भएको अर्गानिक तरकारी शिक्षक, शिक्षिका र विद्यार्थीले बाँडेर लैजाने गरेको प्रअ हिराबहादुर गाहाले बताउनुभयो ।