बसन्त लिम्बू
ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङलिङवाट तीन दिनको पैदल यात्रापछि तोक्पे गोला पुगिन्छ । वर्षातको समय रिम झिमपानी परिरहँदा उकाली ओराली गर्दै ताक्पेगोला पुग्दा शरीर गलेर शिथिल हुन्छ ।
तर जो कोही त्यहाँ पुगेपछि भने स्फुर्त हुन्छन् । बस्ती नजिकै रहेको कञ्चन छाँगो र त्यहीबाट देखिने विभिन्न पोखरीले बिर्साउँछ थकार्इ । विषेश गरी मनमोहक सोदो पोखरीको दृश्यावलोकन गर्दा त झन् स्वर्ग नै पुगेको महशुस हुन्छ । तोक्पेगोला पुगेका नविन गुरागाईले पनि त्यस्ताे अनुभव गरे ।
धार्मिक, जैविक र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने जो कोहीको मन त्यहाँकाे सुन्दरताले छुन्छ । समुन्द्री तहदेखि चार हजार एक सय मिटर उचाइमा छ, तोक्पेगोला । पाेखरीको दर्शन गर्न भने कुहिरो र घामको लुकामारी छिचोल्नै पर्ने हुन्छ । तोक्पेगोला प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । तर प्रचारप्रसार नहुँदा त्यहाँ पुग्नेहरू न्यून छन् । अभावमा त्यहाँ घुम्न । मुख्य पाेखरी वरपर अन्य पोखरी पनि छन् । भूतपोखरी, पाना पोखरी, लगायतका ५२ वटा पोखरी तोक्पेगोला गहना बनेकाे छ ।
पोखरी सच्चामनले दर्शन र पूजा आरधना गरे मनोकाङ्कक्षा पूरा हुन्छ भन्ने विश्वास छ । त्यस्तै त्यहाँ जाँदा लोभ, लालच र पाप सोचे अनिष्ट हुन्छ भन्ने मान्यता छ । असोज देखि नै यहाँ हिमपात सुरु हुन्छ । ठूल्ठूला नदी, खोला र झर्ना तथाबाक्लै पोखरीले सजिएको तोक्पेगोला क्षेत्रमा माइकोपिला, कुटी, विखुमा, पाँचऔंले, खोकिम जस्ता अनेकनफुल र जडिबुटी पाइन्छ।
स्थानीय तहले धेरै पर्यटक पु्र्याउन विभिन्न कार्यक्रम गर्न थालेको वडाध्यक्ष डण्डु शेर्पाले वताए । ‘गत आर्थिक वर्षमा विभिन्न खोलाहरुको पुल निमार्ण गरेका छौं’ शेर्पाले भने ‘अबका दिनहरुमा समेत यहाँसम्म आईपुग्नेको लागि विभिन्न स्थानमा भौतिक पूर्वाधारमा जोड दिने योजना छ ।’
सोदो पोखरी कसरी पुग्ने
प्राकृतिक सुन्दरताले भरिपूर्ण सोदो पोखरी पुग्न ताप्लेजुङ सदरमुकाम फुङलिङवाट तीन दिनको पैदल यात्रा गर्नुपर्छ । सदरमुकमवाट कच्ची सडक हान्द्रुङसम्म पुगेकाे छ । त्यहाँवाट खोक्लीङ, लिवाङ, हुँदै साँवा पुगिन्छ । साँवामा रहेको निकै नै आर्कर्षक फुङफुङे झरनासँगै लेलेपको तांखु, दोङगेन सम्मअर्को दिनमा पुग्न सकिन्छ ।
दोङ्गेनवाट तोक्पेगोला एक दिनमा पुग्न सकिन्छ । त्यहाँ भदौ लागेपछि भने जाडो बढ्न थाल्छ । चौँरी गोठाला चौँरी लिएर बेँशीतिर झर्छन् । मनसुनी मौसममा पर्यटक र तीर्थयात्रीको भीड लाग्ने सोदोपोखरी दृष्यावलोकन र तीर्थयात्राको लागि रमणीय गन्तव्य मानिन्छ ।