निर्मला पन्त हत्याको अनुसन्धानमा जुटेको प्रहरीले आफूसँग भएका स–प्रमाणहरुमा कहिकतै नचुकोस् । परिवारका नओभाएका आँखाहरुमा प्रहरी अनुसन्धानले केही मात्रामा भएपनि प्रतिबिम्ब छर्न सकोस । प्रहरी र जनताको दूरीलाई सामिप्यतामा ल्याउन सबैलाई अपिल !
खेम बमको बिश्लेषण
गत साउन १० गते मृत अवस्थामा भेटिएकी कञ्चनपुर भिमदत्त नगरपालिका–२ उल्टाखामकी किशोरी निर्मला पन्त हत्याको बिषयमा विभिन्न टिकाटिप्पणी आउन थालेका छन् । निर्मला पन्तलाई हत्यापछि उखुवारीमा फ्याकिएको हो या उखुबारीमै बलात्कार गरिएको हो भन्ने दुईथरी धारणा पनि सार्वजनिक भएका छन् । निर्मलाको हत्यापछि अभियुक्त सार्वजनिक गर्न प्रहरीले ढिलाई गरेको भन्दै तातेका कञ्चनपुरका स्थानीय अभियुक्त ठानिएका दिलीप बिष्टलाई सार्वजनिक गर्दा हिंसात्मक प्रदर्शन गर्न पछि हटेनन् र आन्दोलनले नयाँ स्वरुप लियो । उनीहरुको भनाई थियो– प्रहरीले मानसिक असन्तुलन गुमाएको व्यक्तिलाई अभियुक्त सावित गरेर वास्तविक हत्यारालाई लुकाउन खोज्यो । यसैको बिरोधमा उत्रिएको कञ्चनपुर आन्दोलित बन्यो र स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले बल प्रयोग गर्नुप¥यो । जसका कारण प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा एक किशोरले मृत्युवरण गर्नुप¥यो । शुक्रबार गोली लागेर कञ्चनपुरका स्थानीय वर्ष १४ का सनी खुनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बन्यो । परिस्थिति असामान्य बनेपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गर्नुपरेको थियो । कफ्र्यू हालसम्म पनि जारी नै छ । प्रदर्शनकारीले वास्तविक हत्यारा लुकाइएको भन्दै आएका छन् भने प्रहरीले अनुसन्धानका क्रममा तथ्यको नजिक पुगेकाले बिष्टलाई सार्वजनिक गरेको बताएको छ ।
के भन्छ प्रहरी ?
कञ्चनपुर घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या कसले र कसरी ग¥यो भन्ने बिषयमा ती प्रहरी अधिकारीले भने– ‘निर्मलाको हत्यापछि अनुसन्धान गर्न सीआईबीको टोली १३ गते घटनास्थल पुग्यो । घटनाको सबै वस्तुस्थितिलाई बुझेर आशंका लागेका व्यक्तिको निगरानीमा लाग्यो । प्रहरीले यति मात्र होइन अनुसन्धानका क्रममा धेरै मानिसहरुसँग सोधपुछ र जानकारी लिएको छ । अन्ततः घटनाको छानबिन गर्ने क्रममा प्रहरीले अभियुक्त ठहरिएका दिलिप बिष्टलाई पक्राउ ग¥यो र छानबिन थाल्यो । मृतक निर्मलासँग मोबाइलदेखि अन्य कुनै सवुत जुटाउन सकिने साधन थिएन ।’ अनुसन्धानमा संलग्न ती अधिकारीले थपे– घटनामा प्रत्यक्षदर्शी समेत भेटिएन । प्रहरीले अनुसन्धानका क्रममा भौतिक सबुत बाहेक अरु अनुसन्धान गर्ने बाटो समेत थिएन । प्रहरीले हत्यामा संलग्न रहेको आशंका गरिएकी बम दिदीबहिनीहरुको समेत प्रहरीले सबै सवुत जम्मा गरेको जनाएको छ तर, अझैसम्म उनीहरुको संलग्नता गर्ने कुनै आधार फेला परेको छैन् । जब अभियुक्त भनिएका दिलिप बिष्टमाथि प्रहरीले निगरानी बढायो उनको बयान विश्वास दिलाउने खालको आयो । प्रहरीले पनि अभियुक्त भनिएका दिलिपको बयानलाई विश्वास गरेपछि थप अनुसन्धान गर्दै सार्वजनिक ग¥यो । किनकी, कञ्चनपुरमा भड्किएको आन्दोलन शान्त र मत्थर बनोस् र बाँकी प्रक्रिया प्रहरीले अनुसन्धानमै राखेको थियो । तर, त्यहाँ स्थिति थप जटिल बन्यो । स्थानीयले प्रहरीले सार्वजनिक गरेका दिलिपलाई कुनै हालतमा हत्यारा स्विकारेनन् र अनुसन्धान फितलो भएको आरोप लगाए । अब प्रहरीलाई थप जटिलता थपिएको छ ।
अनुसन्धान जारी छः सीआईवी
निर्मला हत्याको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अभियुक्त सार्वजनिक गरिएतापनि प्रमाणित गरेर देखाउन प्रहरीलाई नैतिक जिम्मेवारी समेत थपिएको छ । हैन भने अदालतले दिलिपलाई सफाई दिनेछ । अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले जनता समाचार डटकमसँग कुरा गर्दै भनेका छन्– ‘हामीले गतिलो प्रमाण फेला पारेका छौ । हत्यापछि उखुबारीमा वेवारिसे अवस्थामा फालिएको पन्तको शवको पोष्टमार्टमपछि डिएनए परिक्षण गर्न केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइयो र त्यहाँबाट वीर्य फेला परेको छ । जसबाट प्रहरीलाई हत्यारा को हो भन्नेमा अनुसन्धान गर्न सहज भएको छ । घटनास्थलबाट फेला परेको वीर्य कसको हो भन्ने पत्ता लाग्नेछ ।अनुसन्धानका क्रममा सय प्रतिशत अपराधी नै हो भनेर प्रहरीले भनेको हुँदैन ती अधिकारीले भने– बाँकी प्रक्रिया अदालतको पनि हुन्छ ।
पक्राउ परेकी दिदिबहीनीबारे प्रहरी के भन्छ ?
निर्मला पन्त हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी बम दिदिबहिनीहरुबाट कुनै सवुत फेला नपरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरुको मोवाईल, कल, डाटा, वाईफाईको पुरा विवरण फेला परेको बताउँदै प्रहरीले शंका गर्ने आधार नरहेको बताएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि सोमबार म्याद थप गरिएको छ । आफू अनुसन्धानमा पूर्ण सफल भएको दाबी गर्दै ती प्रहरी अधिकारीले भने– ‘पछिल्लो समय केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा वीर्य फेला परेको भन्ने खबर छ, अब हत्याराको सहजै पहिचान हुन्छ ।’ पछिल्लो समय कांग्रेस महासमिति सदस्य भुपेन्द्र बिष्टको छोरा र एसपीका छोरामाथि अभियुक्त हुन् भन्ने आशंका फगत रहेको ती अधिकारीको भनाइ छ । केही समयमा डिएनए रिपोर्ट आउछ, सबैलाई छर्लङग हुन्छ ।
मलाई भन्न मन छ, प्रहरीको अनुसन्धान प्रभावित नबनोस् छिटोभन्दा छिटो वास्तविक हत्यारा सार्वजनिक गर्न सफल होस् । निर्मलाले न्याय अवश्य पाउनुपर्छ ।
(स्रोतः अनुसन्धानमा खटिएका प्रहरी)