राजेश जिसी
प्युठान । पर्यटकीय सम्भावना बोकेको २२ मूल धारा प्रचारप्रसार तथा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।
प्युठान नगरपालिका ९ मरन्ठानामा रहेको बाइस मूल धारालाई स्थानीय स्तर तथा सरकारी निकायले संरक्षणमा चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । पर्यटनको सम्भावना रहेको उक्त धाराको प्रचारप्रसार तथा प्रबर्द्धन नहुँदा आन्तरिक पर्यटकहरू आकर्षित हुन सकेका छैनन् ।
धाराको प्रचारप्रसार तथा सहज सडकको पहुँच नहुनुका साथै आवश्यक भौतिक पूर्वाधारको अभावका कारण आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षण गर्ने नसकिएकाे स्थानीय दिनबहादुर जिसीले बताए ।
प्युठान नगरपालिका वडा नं. ९ मा रहेको धारासम्म पुग्नको लागी सडकको निर्माण भए पनि हाल त्याे ठाउँमा यातायातका साधन पुग्न सक्ने अवस्था रहेको छैन । धारा संरक्षण तथा प्रचारपसारको लागी भौतिक पूर्वाधारको विकास, सडक निर्माण गरी उक्त स्थान नजिकैरहेकाे ठाउँलाई पिकनिक स्पोर्ट बनाइ धारा तथा स्पोर्टको संरक्षण तथा प्रचार गर्न सके आन्तरिक पर्यटनको विकास गर्न सकिने जिसीले बताए ।
धाराको प्रचारप्रसार तथा धारासम्म पुग्नका लागी सडकको अवस्था राम्रो नहुँदा ओझेलमा परेकाे उनले बताए ।
धाराको विकास,प्रचारप्रसार र संरक्षण गर्ने सके पर्यटकीय क्षेत्रको विकास हुनुका साथै स्थानीयले रोजगारी पाउने अर्का स्थानीय रमेश गिरीले बताए । नगरपालिकाले पर्यटकीय सम्भावना बोकेको धाराको विकास तथा पर्यटन प्रवर्द्धनका लागी खासै चासो नदेखाएको उनले गुनासो गरे ।प्युठान नगरपालिका वडा ९ मा रहेको २२ मूल धारा तथा अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा विकास गर्ने सके स्थानीय जनताको आर्थिक स्थितिमा टेवा पुग्नुका साथै नगरपालिको विकासमा सहयोग हुने उनले बताए ।
धाराको संरक्षणका लागी संसद् विकास कोष प्युठान नगरपालिकाको १-१ लाखको सहयोगमा धाराको मुहानमा कंक्र्रिटको पर्खाल लगाएको छ ।