१.नारी भन्दा यो संसारमा अरु ठूलो कुन छ हजुरनारी पनि चम्किला, पूर्णिमाको जून छ हजुर
दुःख सुख रोइ–हाँसी आधा संसार ढाकेकी छिन्सुखी जीवन जिउने जालो नारी नै बुन्छ हजुर
सन्तानको आँखा खोल्ने अन्धकार हटाएरनारीमा त धेरै ठूलो अमूल्य नै गुण छ हजुर
ठूला ठूला ओहदाका पदाधिकारी सबैलाईआपूm मरी नारीले जन्म तिनलाई दिन्छ हजुर
आरोप लाग्दछ बोक्सी अनि परपुरुष सम्बन्धकोहत्या हिंसा सही बस्दा मन कति रुन्छ हजुर
बुझेको छ जसले इच्छा आकांक्षा नारीको सबैउसैले तर भविष्यमा जून तारा छुन्छ हजुर
२.सीधा सोझा जनतामा हिंसा पनि अति भयोउज्यालो नै नपाइने निभेको बत्ति भयो
निरंकुश सामन्तीको शोषण र दमनलेदुःख बोकी बाँच्नुपर्ने जनताको मति भयो
सामन्तीले जे गरेनी निर्दोष यी जनतालेकेही भन्न नपाइने दमन पनि अति भयो
लुुटिखाने सोसिखाने निरंकुश सामन्तीकोहेला पनि जनतालाई ज्युँदै लाश जति भयो
जनताको रगत र पसिनामा चुसिखानेझुक्याएर ढाँटिखाने सामन्तीको मति भयो
३.स्वाद फेरि–फेरि खाने थाली होइन मायात्रैमासमा पाक्ने बाली होइन माया
मनभित्र सजाएर राख्नुपर्छ सधैँरित्तो बोतल झैं खाली होइन माया
दुःख र सुखमा साथ दिनु पर्छ ।सबैले बजाउने ताली होइन माया
घुम्ती र जंघारमा सँगै तर्नु पर्छ ।छलकपट गर्ने जाली होइन माया
रोजी रोजाइ र मोलमोलाइ नगरबगैँचामा डुल्दै हिँड्ने माली होइन माया
४.पत्र होइन मलाइ तिम्रो खाम भए पुग्छखाममाथि लेख्या तिम्रो नाम भए पुग्छ
एक नजर हेर तिमी बोल्नै मन नलागे नि !घर होइन खोज्या तिम्रो गाम भए पुग्छ ।
सधैँ भेट, माया गर भनेको नि छैन मैलेकहिलेकाँहि सुबह अनि शाम भए पुग्छ
जागिर अनि कति शिक्षा सोधेको त छैनकहीँ कतै सानोतिनो काम भए पुग्छ
मैसँग नाता जोड भनेको नि छैनहाम्रो जोडी सीता अनि राम भए पुग्छ
५.सधैँ मेरो हार भयो जीत कहाँ छ रनिष्ठुरीको मुटु भित्र प्रीत कहाँ छ र
माया किन गर्छौ भन्थे घोका पाउनु रैछप्रीतको साटो प्रीत पाउने रीत कहाँ छ र ?
सँगै जिउने बाँच्ने चाह अधूरा नै भए यहाँप्यास मात्रै लागि राछ धित कहाँ छ र ?
बिछोडको राप भित्र जलिजली जिउदाशितलता खोज्न पुगे तर शित कहाँ छ र ?
६.सुनौलो त्यो प्रभातलाई पारिदिए रात उनलेनसा नसा सल्बलाउने दिइगए मात उनले
सँगै जिउने बाचाबन्धन प्रभातको किरणसँगैकोमल मनमा असह्य त्यो दिइगए लात उनले
आँखाभरि उत्सर्गका उम्लिएका आँशु बोकीथला पारी शिथिल पारी गलाइगए आत उनले
खित्का छाडी हाँसीराछ स्वार्थ पुरा भयो होलाजिन्दगीमा नविर्सने दिइगए घात उनले
७.भेट हुँदा बोल बरु प्यार चाहिँदैनत्यो भन्दा अरु मलाइ संसार चाहिँदैन
कहिलेकाँहि सम्झिदिनु चोखो मन मष्तिष्कलेबरु मलाई सुना, चाँदी, हार चाहिँदैन
जीवनसाथी बन्न सक्छु भन्छौ भने तिमीलेअन्य कुनै मायाको आधार चाहिँदैन
यो मनमा प्रीत बनी झरी देऊ भैगोत्यो भन्दा अरु ठूलो बहार चाहिँदैन
मुसुमुसु मुस्कानले मुटु रेट्छौ भनेत्यो भन्दा अरु ठूलो तरवार चाहिँदैन