टोकियो । जापानको राजधानी टोकियोस्थित एउटा नेपाली रेस्टुरेन्टमा नेपाली समुदायबीच आइतबार भएको झगडाले विश्वभर चर्चा पाएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोले नेपालीको ‘बहादुरी’मा प्रहार त गरेकै छ । यही घटनामा प्रहरीले सात नेपालीलाई पक्राउ गरेको छ । अन्य नेपालीको भागाभाग चलिरहेको छ ।
सिन्जुकुस्थित टोकियो रोधी क्लबमा कार्यक्रम हुँदै गर्दा कुर्सी हानाहान भएको भिडियो सार्वजनिक भएसँगै जापानमा रहेका नेपाली समुदायबारे अरु तथ्य पनि बाहिर आएको छ । नेपाली टाउनमै आइतबार भएको एनआरएन फेस्टिभलको झगडाले जापानका नेपालीबारे थप यी तथ्यपनि बाहिर आएका छन्ः
–घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेकामा अझै ३ जना हिरासतमै छन् । –घटनाका अन्य दोषीलाई प्रहरीले खोजिरहेको छ । भिड़ियोमा देखिएका नेपालीले दुःख पाइरहेका छन् ।
–एनआरएनए जापानका कानुन विभाग प्रमुख राजन पौडेलका अनुसार, नेपाली चेलीलाई यौन दुव्र्यवहार हुने क्रम जापानमा बढ्दो छ । काममा लगाइदिन्छु भन्दै नक्कली श्रीमतीसमेत बनाएर फसाउने काम भइरहेको उजुरी परेका छन् ।
–केही समयअघि दिनेश रोका नेपाली युवतीलाई बाटोमै दुव्र्यवहार गरेका कारण डिपोट भएका थिए । अघिल्लो वर्ष पनि रोपंगी क्लबमा झगडा भएको थियो नेपालीहरुको ।
–अहिलेसम्म जापान प्रहरीले एक हजार एकसय नेपालीलाई हिरासतमा लिइसकेको छ ।
–गाँजा काण्डमा दुई नेपाली जेलमै छन् ।
भिडियो हेर्नुहोस्ः
[video width="222" height="400" mp4="https://45.77.241.73/wp-content/uploads/2018/08/10000000_1886363864992185_3007525465767280640_n.mp4"][/video]