–सविना श्रेष्ठ
मैले सयौं थोपा आँसु जम्मा गरीसिँञ्चन गर्दै हुर्काएकी थिएँएउटा सुन्दर अधबैँशे फूलआफ्नै मनभित्रको बगैंचामा
उर्लिँदै आएको प्रेमभरि बासनाचुम्न लाखौँ भमरा कुस्ती खेल्थेतँछाडमछाड गर्दै गल्ली चौक सडकमातर आगमनको ढोका बन्द गरेकी थिएँ
लाग्थ्यो जो प्रेमको पवित्र पात्र रत्यही प्रेमको बन्धनभित्र रहेरयो खेल जित्न सक्छत्यसैले फूल चुम्न सक्छ
सोच्थेँ...यो प्रेमील बगैँचा उसैलाई राजीनामा गरुँअनि जिन्दगीको लामो यात्रा उसैले बनाएकोगोरेटोमा हात समाइ हिडिरहूँ
इच्छा नै समर्पण हो र त्यो योग्य मालीकुनै थियो तर भएर पनि बन्न सकेन केवलआशाका त्यान्द्राहरूले अल्झाइ रहयो
सायद एकोहोरो प्रेममा मात्रपीर सजिलै मिल्दो रहेछ
जसरी दिनभरी भमराले फूलको रसचुसेर साँझमा बगैँचा नै माया मार्छन्त्यसैगरी कयौँ स्वप्नरूपी मायाले बासनाचुम्बकीय धारबाट चुम्दै मेरो फक्रिएकोफुल लत्रेर भूइँमा झारिदिए
‘बाँच्नु मात्र जिन्दगी होइन रहेछश्वासले मात्र धड्कन कहाँ थामिन्छ रत्यो मुटुको धड्कन त विरहको अग्निलेसेकिदैमा शिथिल हुँदै सुक्दो रहेछ’
‘फुल्नु मात्र फुलको लक्ष होइनवासना मात्र फुलको गुण हुदैनसौंन्दर्य पनि त फूलको चाहिन्छ
तर आज म सधैँ त्यही जीर्ण बगैंचाकसैको यादमा समाल्दै अझै गोडमेल गर्दैछुत्यो फूल फक्रेर झरे पनि मेरो समर्पण आजसम्म झरेको छैन
चैत वैशाखको हूरी रहेछ यो प्रेमजुन हावा बनी आयो र सबै फूलकाकोपिला चुम्दै लतारेर गयो र उजाडजिन्दगीको बगैँचा फेरि उस्तै जीर्णउदास बनेर रहयो
त्यसैले त म गुनगुनाउछु‘झरेको पात सरि भयो उजाड मेरो जिन्दगी’केवल आँसु .....–विराटनगर