ज्याक मा । उनको चिनियाँ नाम मा युन हो । तर व्यापारिक क्षेत्रमा उनी ज्याक मा का नामबाट संसारभर परिचित छन् । उनको जीवन संघर्ष सुन्ने हो भने हरेसको भण्डारमात्र छ ।
७० माइलसम्म पर्यटकलाई साइकलमा घुमाउने ज्याकको अंग्रेजी राम्रो थियो । उनी प्रहरीमा भर्ना हुन गए । अन्तर्वार्तामा भनियो, ‘तिमी राम्रो छैनौ ।’
उनको आफ्नै शहरमा अन्तर्राष्ट्रिय कम्पनी केएफसी आयो । त्यहाँ जागिरका लागि आवेदन दिए । २४ जनाले आवेदन दिएका मध्ये ज्याक मात्र छानिएनन्, अरुको जागिर भयो ।
१० पटक उनले हार्वर्ड बिजनेस स्कुलमा पढ्न आवेदन दिए । तर उनको आवेदन अस्वीकृत भयो । यति मात्र होइन, चिनियाँ जनसेनामा भर्ती हुन चाहन्थे । तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए ।
३० भन्दा बढी ठाउँमा आवेदन अस्वीकृत भए पनि हार नखाएका ज्याक १९९५ मा अमेरिका गए । फर्केर पत्नीसँग मिलेर इन्टरनेटमा आधारिक कम्पनी बनाए । शुरुमा कोही पनि तयार थिएनन् उनीसँग काम लिन । चाइना पेजेज कम्पनी ८ लाख अमेरिकी डलर बराबरको कम्पनी बन्यो ।
ज्याक मा अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष हुन् । यो कम्पनीको मूल्यांकन ३८ दशमलव ६ बिलियन अमेरिकी डलर बराबर छ । ज्याक चीनका धनीभित्र पर्छन् । एसियाकै धनीमा पर्छन् । संसारकै धनीमा पर्छन् । निरासा, असफलतामा पनि हरेस नखाएका उनी चीन सरकारले सम्मान गरेका व्यक्तिमा पर्छन् । र, अन्त्यमा २३ बिलिएन डलरसहित एसियाका सबैभन्दा धनी व्यक्ति भएका ज्याक मा को के हो त सफलता सूत्र ? जसले उनलाई यहाँसम्म ल्यायो ।
ज्याक मा का १० भनाइ उल्लेख गरेका छौँ । यो उनको अनुभव हो ।
१. सफलताका लागि धैर्यता जरुरी छ ।
२. जिन्दगी निकै छोटो छ र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस् र जिन्दगीको मज्जा लिनुस् ।
३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसको ।
४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन ।
६. म जो हुँ उही रहन्छु । तब मलाइ खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।
७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।
८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सि अवश्य दिन आउनेछ ।
९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।
ज्याक मा बारे थप पढ्नुहोस् विकिपेडियामाः