कपिलवस्तु । इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक वर्षको अवधिमा करिब ६ हजार नागरिकता वितरण भएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रौटाबाट आर्थिक वर्ष ०७४–७५ मा ५ हजार ९ सय ५० जनाले नया नागरिकता प्राप्त गरेका छन् ।
वितरण भएको नागरिकता अधिकांश वंशजको आधारमा लिने गरेका छन् । ५ हजार ३ सय ९८ जनाले वंशज, ५ सय ५० वैवाहिक अंगीकृत ,२ जना अंगीकृत, १ हजार १४ जनाले प्रतिलिपि नागरिकता प्राप्त गरेका ईलाका प्रशासन कार्यलय चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालले बताउनुभयो ।
त्यस्तै ४४ जनाले नावालक परिचय पत्र, ५ सय ३९ जनाले दलित जनजाति प्रामाणित, ५ सय २९ जनाले विविध प्रमाणित गरेको अर्यालले वताए । इलाका प्रशासन कार्यालय चन्द्रौटामा एक वर्षको अवधिमा १ सय २४ वटा ठाडो उजुरी आएको अर्यालले वताए । साखा अधिकृत अर्यालकै नेतृत्वमा एक वर्षको अवधिमा ११ पटक वजार अनुगमन गरेको जानकारी दिनुभयो ।
प्रशासन कार्यालयको वार्षिक प्रतिवेदनमा नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै देखिएको छ । नागरिकता वितरण गर्दा प्लाष्टिकको कभरमा राख्दा पसिनाले लेखिएका अक्षरहरु केरमेट हुने र नागरिकतामा प्रयोग गरिने फोटो गुणस्तरहिन हुने हुदाँ पनि प्रतिलिपि लिन आउनेको संख्या बढि रहेको अर्याललको भनाई छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष नागरिकता लिनेको सख्या वढेको ईलाका प्रशासनले जनाएको छ । सिमानाका रहेको हुदा वैवाहिक अंगीकृतको सख्या वढी रहेको अधिकृत अर्यालले बताउनुभयो । वैवाहिक अंगीकृत नागरिकता लिनका लागी विवाह दर्ता, पतिको नागरीकता, भारतीय नागरिकता परित्याग गरेको निस्सा, हुलाकको रजिष्टरी गरेको रसिद र सपथ (पत्र सहितको आवेदन दिए पछि सवै प्रमाण-पत्र पेश गरेपछी मात्र वैवाहिक अंगीकृत नेपाली नागरिकता दिने गरेको अर्यालले बताउनुभयो ।
वैवाहिक अंगीकृत नागरिकता लिने अधिंकाश भारतीय मुलुकका महिला रहेको वताइएको छ । नेपालीसँग विवाह गरेका विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता पाउने व्यावस्था रहेको छ । अर्यालका अनुसार साउन महिनाको अवधिमा वंशजको आधारमा ४ सय ९ , वैवाहिक अंगिकृत ४१ जना , नागरिकता प्रतिलिपि १ सय २२ जनाले प्राप्त गरेका छन् ।
यता इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट पहिलो पटक द्रुत राहदानी सिफारिसको कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवाबाट मात्रै राहदानीको काम हुदाँ जिल्लाका पश्चिम क्षेत्रका नागरिकलाई दुख भएकोले अव इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट नै द्रुत राहदानी सेवा सुरु गरिएको हो ।
इलाका प्रशासन चन्द्रौटाका प्रमुख नर वहादुर खड्काले पहिलो द्रुत राहदानीको सिफारिस गर्नुभयो । विजयनगर गाउपालिका ४ वस्ने दिपक मल्लको राहदानीको लागी सिफारिस गरिएको प्रमुख खड्काले बताउनुभयो । सेवा सुचारु भएको हप्ता दिन विति सकेपछि बल्ल एक जना सेवा ग्राहीले सेवा लिएको खड्काले बताउनुभयो ।
द्रुत राहदानीको लागि सिफारिस लिन तौलिहवा जानु पर्ने बाध्यता अब नरहेकोले सेवा ग्राहीले चन्द्रौटाबाटै सेवा लिन सकिने समेत उहाँले बताउनुभयो