एक अर्ब लगानीमातिलोत्तमानगरपालिका–१६ माएजी हेल्थ इण्डष्ट्रिज प्रालिले ‘सगुन बेबि पोको प्यान्टस्’ ब्रान्डमा डाइपरको ब्यवसायिक उत्पादन सुरू गरेको हो ।
प्रकाशन्यौपाने
भैरहवा । नेपालमापहिलो पटक बच्चाले लगाउने डाइपर उत्पादन सुरु भएको छ । बच्चाजन्मने बित्तिकै उनीहरुको सरसफाइमा प्रयोग गरिने बेबी डाइपर (बच्चाको नेपकिन कट्टु)को नेपालमै पहिलो पटक रूपन्देहीमा उत्पादन सुरू भएको हो ।
एजी हेल्थ इण्डष्ट्रिज प्रालिले जिल्लाको तिलोत्तमानगरपालिका वडा नम्बर–१६ स्थित मधवलियामा उद्योग स्थापना गरी उत्पादन सुरु गरेको छ । ‘सगुन बेबि पोको प्यान्टस्’ ब्रान्डमा डाइपरको ब्यवसायिकउत्पादन सुरू गरेको उद्योगका अध्यक्ष तिलकप्रसाद अधिकारीले बताए । स्वदेशमै डाइपर उत्पादन गर्ने एजी हेल्थ मुलुककै पहिलो उद्योग हो ।
दुईबिगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा एक अर्ब लगानीगरिएको छ । ‘नेपालमाप्रयोग गरिने सबै बेबि डाइपरहरू अहिले भारत, चिनलगायत तेस्रो मुलुकबाट आयात हुन्छ । नेपालमै पहिलो पटक उद्योग खोलेर हामीले चुनौती मोलेका छौं’, उद्योगका अध्यक्ष अधिकारीले भने, ‘बजारमा सम्भाव्यता अध्ययन गरी भारत र भुटानलगायतका देशहरुमा निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गरी उत्पादन सुरू गरेकाहौं ।’यसअघि नेपालमा डाइपर उत्पादन हुँदैनथ्यो । यहाँ उपलब्ध डाइपर बाह्य मुलुकबाट आयात गरिएका हुन् । बजारमा अहिले बाह्य मुलुकमा उत्पादित डाइपर प्याकेजिङ् गरी विक्री वितरण हुँदै आएको छ ।
उद्योगमा अमेरिका र चिनमा निर्मित अत्याधुनिक प्रविधिका मेसिनहरू जडान गरिएको छ । उद्योगले प्रतिमिनेट ४ सय ५० पिस डाइपर उत्पादन गर्छ । प्रतिघन्टा २७ हजार पिस उत्पादन हुन्छ । यसरी दैनिक ८ घन्टा उद्योग चलाउँदा २ लाख १६ हजार पिस बेवी डाइपर उत्पादनहुँदै आएको उद्योगका उत्पादन प्रबन्धक गंगाधर अधिकारीले बताए । हाल दैनिक ८ घन्टा मात्रै उद्योग चलिरहेको छ । ‘जतिपनि नेपाली बजारमा डाइपर विक्रीकालागि राखिएको छ, ती सबै बाह्य मुलुकमा तयार पारी स्टीकर टाँसेको मात्रै हो’, उत्पादन प्रबन्धक अधिकारीले भने, ‘हामीले स्वदेशमै बलियो र गुणस्तरीय उत्पादन दिएका छौं, हाम्रो उत्पादन अन्य भन्दानिकै भरपर्दो र बढी गुणस्तरीय छ ।’
अहिले भारतमा सबैभन्दा बढी चलेकामिनीपोकोपेन्ट र हगिजका उत्पादनभन्दा नेपालीउत्पादन राम्रो र गुणस्तरीय रहेको उद्योगको दावी छ । मूल्यमा पनि हगिजको भन्दा १३ प्रतिशत र मिनी पोको पेन्ट भन्दा १० प्रतिशतसम्म सस्तो भएको उद्योगले जनाएको छ । आवश्यक कच्चा पदार्थ नेपालमा नहुँदा डाइपर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ भने बाह्य मुलुकबाट आयात हुन्छ । डाइपरका लागि पोलिथिन, पोलिमर, पल्पपेपर, एडहेसिम, पोलिइरेथ्रेन, प्रपिलाइन जस्ता कच्चा पदार्थ आवश्यक पर्छ । यी सबै कच्चापदार्थ उद्योगले अमेरिका, क्यानडा र थाइल्याण्डबाट आयात गर्दै आएको छ ।
‘बाह्य मुलुकबाट आयात गरिएको भएपनिहामीले प्रयोग गर्ने कच्चापदार्थ उच्च गुणस्तरको छ’, प्रबन्धक अधिकारीले भने, ‘त्यसैले बिदेशी उत्पादन भन्दा हाम्रो उत्पादन अगाडि छ भनेर दावी गरेका छौं ।’ उनले डाइपर बनाउँदा प्रयोग गरिने धागोको सोस्ने क्षमता उच्च रहेको बताए । स्वदेशमै डाइपर उत्पादन हुन थालेपछि अहिले करिब २५ प्रतिशत आयात प्रतिस्थापन भएको छ । ‘छोटो समयमै बजारमा हामीले आयात रोक्न केही हदसम्म सफल भएका छौं’, उद्योगका अध्यक्ष अधिकारीले भने, ‘उद्योग २४ सै घन्टा संचालनगर्न सकियो भने केहीवर्षमै सबै आयात प्रतिस्थापन गर्छौ ।’ अहिले कच्चापदार्थ आयातमा झन्झट हुँदाउद्योग २४ सै घन्टा संचालनमा आउन सकेको छैन ।
‘भारतमा स्वदेसी उद्योगलाई कच्चापदार्थ आयातगर्दा शतप्रतिशत भ्याट र भन्सार शुल्क छुट छ । हामी कहाँ उक्त व्यवस्था नहुँदा केही समस्या छ’, उत्पादन प्रबन्धक अधिकारीले भने, ‘सरकारले स्वदेसी उत्पादन र उद्योगलाई सहयोग गर्ने नीति ल्याएको खण्डमा हामीले फूल फेजमा उत्पादन सुरु गर्छौ, आयात सबै रोकिन्छ ।’ अहिले नेपालमा कच्चा पदार्थ आयातमा १६ प्रतिशत भ्याट र १९ प्रतिशत भन्सार महशुल लाग्ने गरेको छ । उद्योगीहरुले उक्त शुल्क शुन्य बनाउनु पर्ने माग गर्दै आएका छन् ।बजार विस्तारै हुँदै गएपछि संचालकले क्षमता बृद्धिका लागि मेसिन थप गर्ने तयारी समेत गरेका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार मुलुकमा वार्षिक ४ अर्ब बराबरको डाइपर आयातहुँदै आएको छ । उद्योगले ५ किलोसम्म तौल भएका बच्चाका लागि एक्स्ट्रा स्मल, ४ देखि ८ सम्मका लागि स्मल, ७ देखि १२ सम्मका लागि मिडियम, ९ देखि १४ सम्मका लागि लार्ज र १२ देखि १७किलोतौल समूहकालागि एक्स्ट्रा लार्ज साइजका डाइपर उत्पादनगर्दै आएको छ ।
डाइपर ४ देखि ६० पिससम्म राखेर प्याक गरिएको छ । बजार मूल्य प्रति पिस न्यूनतम १४ देखि २० रुपैयाँसम्म तोकिएको छ । उद्योगले डाइपरसँगै अब छिट्टै महिलाहरूले प्रयोग गर्ने प्याड (रजस्वला हुँदा प्रयोग गरिने) को उत्पादन समेत गर्ने तयारी गरेको छ । त्यसकालागि थप २० करोड लागतमा इटालियन प्रविधिको मेसिनल्याइने उद्योगले जनाएको छ । उद्योगमा प्रत्यक्ष रुपमा करिब २ सयले रोजगारी पाएका छन् ।