–रुद्र ज्ञवाली
चुह्यो कि घरको छानो या कतै मठ भत्कियोढल्यो कि घरको भित्तो या त्यो पसाड मक्कियोउम्रिए कि त कौसीमा मोथे, सिरु र अर्मलसम्झँदा मन यो रुन्छ लैजाऊ अब त्यै घर
सुख हुन्छ यता भन्दै ल्याएथ्यौ वृद्धाश्रमघरझैँ प्रिय के हुन्थ्यो रुन्छ व्याकुल भै मनमनै हो स्वर्ग या नर्क त्यो भन्दा भिन्न के छ रस्वर्ग भन्दा अझै प्यारो लैजाऊ अब त्यै घर
बिर्सियौ कसरी बाबुआमाको ममता पनितेर्सो परेर छातीमा चुसेका स्तन यी पनियो वक्षस्थल थ्यो तिम्रो खेल्ने मैदान झैं तरकसरी बिर्सियौ बाबु लैजाऊ अब त्यै घर
घोडा बनेर बाबाले डुलाएको भुल्यौ कि तघसेर तेल आमाले सुताएको भुल्यौ कि तसम्झँदा पनि त्यो ऐले मुटु घोच्दछ चस्चसए मेरो मुटुको टुक्रा लैजाऊ अब त्यै घर
तिम्रै लीला नियालेर बन्दथ्यो मन उर्वरामुस्कान ओठमा देख्दा हाँसेझैं लाग्दथ्यो धरारुँदा आँसु खसालेर चिरिन्थ्यो आँत चर्चरआऊ ए ढुक्ढुकी मेरो लैजाऊ अब त्यै घर
हिच्का हाच्छिम आउँदा कटक्क मन काट्दथ्योमुहार मलिनो देखे अँध्यारो विश्व लाग्दथ्योतिम्रै मुहार हेरेर बिर्सिन्थें वेदना दुखसम्झँदा पोल्छ यो छाती लैजाऊ अब त्यै घर
मीठो केही कतै पाए पटुकीमा घुसार्दथेँगरी को’खाइ को’खाइ फकाएर खुवाउँथेँबाबाले वनमा जाँदा टिपी ऐंसेलु काफलख्वाएको पनि बिर्सियौ र लैजाऊ अब त्यै घर
किन्न सकिन्छ पैसाले भोगविलास भौतिककिन्तु किन्दैन पैसाले मनको चैन या सुखके तिम्रो धन पैसाले माया किन्न सकिन्छ रभो चाहिन्न कुनै वस्तु लैजाऊ अब त्यै घर
प्रेम र्इश्वर हो बाबु घर हो एक मन्दिरमायाबाटै चलेको छ जग सारा चराचरछोडेर सब यो एक्लै मर्नु पर्दछ आखिरछ इच्छा घरमै मर्ने आई लैजाऊ भो घर ।