काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा असन्तुष्टि, गुनासो, पूर्वाग्रह बढ्दै गएको बताउनु भएको छ ।
जनता टेलिभिजनको कार्यक्रम द भ्यूमा नेता खनालले भन्नुभयो, ‘मापदण्डमा म वरियतामा २० मा परुँ, आपत्ति छैन, तर टपक्क टिप्ने अधिनायकवाद शैलीको विरोध गर्दछु, म दोस्रो नेता कसरी चौथो भएँ, नेतृत्वले भन्नु पर्छ ।'
नेता खनालले गर्नु भएको कुराकानीको बुँदाः-पार्टी र संगठनमा विज्ञानले होइन, मान्छेको नियतले काम ग¥यो । यो मार्क्सवाद होइन ।-दुनियाँमा कम्युनिष्ट पार्टीले मात्रै न्याय दिन्छ भन्ने जनतालाई विश्वास छ ।-कम्युनिष्ट पार्टीमै अन्याय भए त्यस्तो नेतृत्वलाई जनताले मान्छ ?-माधव नेपालले वरियता स्वीकार गर्नु भयो, मलाई केही भन्नु भएन ।-अहिले भएको सिफारिसलाई कार्यान्वयन भए पार्टीमा समानान्तर कमिटी बन्ने छ ।-पार्टीका दुई अध्यक्ष तलको लेगेसीमुक्त हुनुपर्छ, क्षमतावान, अगुवालाई अगुवाइ गर्न दिनु पर्छ ।-असन्तुष्टि रहे रहिरहोस् भनेर बुल्डोजर ढंगले पेल्ने हो भने कम्युनिष्ट पार्टी रहँदैन-कमिटी प्रणाली, जनवादी ढंगमा र सामुहिक नेतृत्वमा चल्नु पर्छ ।-माओवादीको ५ हजार केन्द्रीय कमिटी, बैठक नै नबसेपछि केको केन्द्रीय कमिटी ?-दुईटा अध्यक्षले होइन, केन्द्रीय कमिटीले गर्ने हो निर्णय ।-पार्टीमा फेरि पनि गुटबन्दी फैलिन्छ, चोइटिन सक्छ ।-मप्रति होइन, कम्युनिष्ट पार्टीप्रति लोयल हुनु भएको हो । मैले जोगाउन त गुट बनाउनु प¥यो । यसले राम्रो सन्देश जाँदैन ।-पुरुषोत्तम पौडेलजस्ताहरुलाई बायस गरेरै जाने हो भने पार्टीमा संकट त हुन्छ–हुन्छ । म त्यो पक्षमा छैन ।
बाँकी भिडियो हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=99dztVKMB4Q&t=60s
यो पनि पढ्नुहोस्https://45.77.241.73/2018/09/62363