काठमाडौं । ‘बुबालाई प्रेसरको औषधि नियमित सेवन गर्नुपर्ने अनि आमालाई २४ सै घण्टा अक्सिजनमा राख्नु पर्ने, यस्तो बेला कसरी छोराको हत्या भयो भनेर खबर गर्ने ?’ काठमाडौं पढ्न बसेका छोरा हराएको ७ दिनपछि एकैपटक अस्पतालमा हुलियाका भरमा छोराको तीन टुक्रा शरीर भेटिएको कुरा परिवारमा भन्नसमेत सकेनन् निमबहादुर जिसीले । र, अस्पतालमा छोराको शव पाइएपछि बाग्लुङमा खबर गरे, ‘संगीन भेटियो, उसलाई आइसियूमा राखेको छ, अवस्था गम्भीर छ ।’
तर संगीनलाई उपचारको अवस्थामा नभइ टाउको, घाँटीको भाग र शरीर छुट्टाछुट्टै अवस्थामा तीन टुक्रा भएको अवस्थामा पाए । परिवारमा सबैलाई एकैपटक छोरा संगीनको मृत्युको खबर सुनाउनसमेत नसक्ने निरीह बाबुको नियति भोगे निमबहादुरले ।
हत्या भइसकेछभदौ १० गते स्वयम्भू नजिकै जंगलमा हत्या गरी पहिचान गर्नै नसकिने अवस्थामा युवकको शव प्रहरीले फेला पा¥यो । शव पहिचान गर्दा पाइयो, प्रविधि क्षेत्रमा सफल बन्ने सपना बोकेर काठमाडौं आएका बाग्लुङ बुर्तिबाङ– १ का २२ वर्षीय संगीन जिसीको हत्या भएछ ।
अध्ययनका लागि काठमाडौंको सानो भ¥याङमा हजुरबुबा, हजुरआमा र भाइसँग बस्दै आएका मिलनसार संगीन न्यू समिट कलेजमा आइटी विषयम ब्याचलर लेभलमा अध्यनरत थिए । संगीनका भाइ सम्राटका अनुसार दाइ भदौ १० गते रक्षाबन्धनका दिनदेखि सम्पर्कविहीन थिए । संगीन कलेज जाने आउने बाहेक कहिलेकहीँ स्वयम्भूमा फुपुको घरमा जाने र मर्निङ वाकका लागि स्वयम्भू निस्कन्थे ।
मोबाइल छाडेर गएसधैँ मोबाइल बोकेर हिँड्ने संगीनले त्यसदिन कोठामै मोबाइल चार्जमा राखेर गए । रातिसम्म घर नफर्केपछि हजुरबुवाले बाग्लुङमा फोन गरे । संगीनका बुबा खबर पाएलगत्तै काठमाडौं आए । सबैतिर खोज्दा भेटिएनन् । भदौ ११ गते स्वयम्भु प्रहरी परिसरमा निवेदन दिए ।
बुबा निमबहादुरले भने, कहीँ उसले म यहा छु भन्ला कि, फोन गर्ला कि अथवा कसैले अपहरण गरेको भए पनि केही चेतावनी आउँछ कि भन्ने लागेको थियो तर एकैपटक प्रहरीले शव भेटिएको जानकारी दियो ।’ स्वयम्भुको जंगलमा संगीनको हुलियासँग मिल्दोजुल्दो लाश फेला परेको थियो तर प्रहरीले लाश हेर्न पाएनन् । भदौ १७ गते संगीनका परिवार शिक्षण अस्पताल महाराजगञ्ज पुगे तर शबको प्रकृति हेर्न सक्ने अवस्थामा र शव चिन्न सक्ने थिएन । बुबा, मामा र भाइले कपडा, दाँत र अप्रेशन गरेको दागले चिने । संगीनको त्यसबेलासम्ममा काटिएको भागमा कीरा परिसकेको थियो टाउकोको भागमा कुनै मासु र कपाल नभएको कंकाल मात्र थियो । जब संगीनलाई परिवारले भेट्टाए, त्यसबेला कसैलाई सम्हाल्नसमेत गाह्रो भयो ।
आठौँदिन शव फेलासंगीन हराएको निवेदन स्वयम्भु प्रहरी चौकीमा दिइएको ७ दिनपछि संगीनको शव भेटियो भनिए पनि जानकारी नै नदिई शव शिक्षण अस्पतालमा पु¥याइएकामा संगीनका मामा मुकुट रायमाझीले असन्तुष्टि जनाए । सबैसँग मिलनसार र परिवारका कुरा नकाट्ने, कसैसँग दुश्मनी नभएका संगीनको अपहरणपछि हत्या भएको भन्दै अपराधमा संलग्नलाई तत्काल खोजी गरी कारबाही माग गरेको छ परिवारजनले । प्रहरीले हत्याराको खोजी भइरहेको जनाएको छ । शव शिक्षण अस्पताल महाराजगञ्जमै छ ।
हत्यारा पत्ता लाग्छ
गृहमन्त्री रामबहादुर थापा बादलले बागलुङ ढोरपाटन नगरपालिका( १ का २२ वर्षीय संगीन जिसीको बीभत्स हत्याप्रति सरकार गम्भीर भएको बताउनु भएको छ । हत्याको सुक्ष्म अध्ययन भइरहेको बताउँदै हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।मन्त्री थापाले घटनाको सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिइएको बताउनु भयो ।
बागलुङका सांसद देवेन्द्र पौडेल, डा. सूर्य पाठक, ज्ञानकुमारी छन्त्याल, मनकुमारी केसी, मृतकका बाबु निमबहादुर जिसीलगाएतका टोलीसँग मन्त्री थापाले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।