काठमाडौं । कीर्ते धन्दा गरी कम्पनी नै हत्याउने मात्र होइन, कम्पनीको नाममा रहेको ७० करोड रुपैयाँको सम्पत्तिसमेत बेचबिखन गर्न खोज्ने गिरोहलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले पक्राउ परेको छ । ब्युरोले बिहीबार साँझ जारी गरेको विज्ञप्ति यस्तो छः
प्रारम्भिक सूचनाजीतहादुर मगरलगायतका ब्यक्तिहरूले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुर मगर हो भनी शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि नामको कम्पनीको नाममा रहेको काठमाडौं–४ बालुवाटारस्थित कित्ता नम्बर ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गासहितको घर, सतुंगल वडा नम्बर ९ को कित्ता नम्बर १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवम् नुवाकोट जिल्लामा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा रहेको जग्गा बेचबिखन गर्न बैना गर्दै हिँडेको प्रारम्भिक सूचना कृन्द्रीय अनुसन्धान ब्यूरोलाई प्राप्त भएको ।
घटनाको छोटकरी विवरणशंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको एकमात्र शेयरधनी सञ्चालक एवम् अध्यक्ष रहेका काठमाडौं–४ चुनदेवी बस्ने भारतीय नागरिक राम निरञ्जन जटियाको घरबाट कम्पनीको कागजात चोरी गरी निजकै घरमा विगत १६ वर्ष देखि काम गर्दै आएका जिल्ला रामेछाप सुनापाती–०१ स्थायी घर भएको वर्ष ३३ को जीतबहादुर मगरले जिल्ला मकवानपुर हेटौडा(४ स्थायी घर भई हाल चन्द्रागिरी-८ बस्ने वर्ष ४५ को राजनप्रसाद लम्साल र जिल्ला काठमाडौं,चन्द्रागिरी–१४ बस्ने वर्ष ४० को निरजकुमार मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी शेयरधनी सञ्चालक अध्यक्ष रामनिरञ्जन जटियाको नामको सम्पूर्ण शेयर खरिद गरेको भनी कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन गरी कम्पनी रजिष्टारको कार्यालयबाट जितबहादुर मगरको नाममा नामसारी समेत गराई कम्पनीको नाममा रहेको करिब ७० करोड रूपैयाँ मूल्य बराबरको सम्पत्ति ठगी गर्ने उद्देश्य राखी काम गर्नेमध्ये १२ जनालाई पक्राउ गरी विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धान कार्य पश्चात अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं पेश गरिएको ।
अनुसन्धानमा खुल्न आएका विषयःशंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको सञ्चालक समितिको बैठकको निर्णय भनी शेयरधनी सञ्चालक रामनिरञ्जन जटियाले जीतबहादुर मगरलाई कम्पनीको ७५% बराबर हुन आउने १८,७५० थान शेयर बिक्री गरेको भनी किर्ते कागज खडा गरेको । विशेष साधारण सभाको बैठकबट जीतबहादुर मगरले आफूलाई अध्यक्ष बनाएको, रामनिरञ्जन जटियालाई सञ्चालक भनी उल्लेख गरेको । मिति २०७५–०३–२६ गते राम निरजञ्न जटियाको सञ्चालक पदबाट राजीनामा स्विकृतिको निवेदन पेश गरेको देखाएको । साथै कम्पनीको अर्को सञ्चालक समितिको बैठकले कम्पनीको २५% बराबर हुन आउने ६,२५० थान शेयर राम निरञ्जन जटियाबाट जीतबहादुर मगरले खरिद गरेको उल्लेख गरेको कागज बनाएको र कम्पनीको अर्को विशेष बैठकबाट जीतबहादुर मगरको नाममा मात्र १ जनाको सञ्चालक समिति हुने भनी निर्णय गरेको देखिएको ।
-कम्पनी रजिष्ट्रार कार्यालयको २०७५–०३–२९ र ३२ गतेको निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर लगत रामनिरञ्जन जटियाको नामबाट जीतबहादुर मगरको नाममा नामसारी गरेको पाइएको ।
-काठमाडौं–४ बालुवाटार बस्ने राजभाई श्रेष्ठलाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी सञ्चालक हुँ भनी कागजातसमेत देखाई जीतबहादुर मगरसमेतले बालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रतिआना २१ लाख २५ हजार रुपैयाँका दरले खरिदका लागी बैंकमार्फत १ करोड बैना लिएको र चितवन भरतपुर–४ घर भई लामो समयदेखि जापानमा व्यवसाय गरी बस्ने प्रेमसागर सापकोटालाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी सञ्चालकको कागजात देखाई जीतबहादुर मगरसमेतको समूहले चन्द्रागिरी–१५ सतुङ्गलको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागि २ करोड बैना लिएको पाइएको ।
-शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी सञ्चालक रामनिरञ्जन जटियाले मिति २०७५–४–११ गते कान्तिपुर दैनिकमा जीतबहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयर बिक्री गर्न लागेको हुँदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गरेको ।
-जीतबहादुर मगरले मिति २०७५–४–१६ गते नयाँ पत्रिका दैनिकमा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर र घरजग्गासमेत रामनिरञ्जन जटियाको मन्जुरीमा कम्पनी रजिष्टारको कार्यालयबाट जीतबहादुर मगरको नाममा नामसारी भइसकेकोले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा भएको घरजग्गा खरिद गर्दा बाधा पर्ने छैन भनी सार्वजनिक सूचना जारी गरेको ।
-पुनः शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी सञ्चालक रामनिरञ्जन जटियाले मिति २०७५–४–१७ गते नागरिक दैनिकमा मञ्जूरीबेगर जीतबहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी शेयरधनी सञ्चालक अध्यक्ष रामनिरञ्जन जटियाको नामको सम्पूर्ण शेयररू बिक्री गर्न लागेको हुँदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गरेको पाइएको ।
-प्रारम्भिक रूपमा पक्राउ भएका प्रतिवादीहरू राजनप्रसाद लम्साल, निरजकुमार मानन्धर र जीतबहादुर मगरको बयान र प्राप्त सबुद प्रमाणका आधारमा कम्पनी रजिष्टारको कार्यालयका निम्न उल्लेखित ४ जना र अन्य ५ जनालाई पक्राउ गरिएको ।
पक्राउ गरिएका व्यक्तिहरू १. राजन प्रसाद लम्साल, ४५ वर्ष, हेटौँडा-४,२. निरजकुमार मानन्धर, ४० वर्ष, चन्द्रागिरी-१४३.जीतबहादुर मगर, ३३ वर्ष, रामेछाप सुनापाती-०१४. पुण्यप्रसाद खरेल, ४० वर्ष५. साइँला भन्ने राजकुमार तामाङ, ४० वर्ष, काभ्रे चौबास-०५६. हिमाल महर्जन, ३१ वर्ष, चन्द्रागिरी–१०,७. चिरीबाबु महर्जन, ५५ वर्ष, चन्द्रागिरी–१०८. अमृत थापा मगर, २८ वर्ष, बारा, निजगढ–१
कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा कम्पनी रजिष्टारको कार्यालय आइटी शाखामा करारमा कार्यरत २ जना कर्मचारीहरू पक्राउ गरिएको साथै कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ कर्मचारी फरार रहेको ।