हिमलाल पराजुली
स्याङ्जा । आफुलाई थाहा नै नदिइ श्रीमानले सम्बन्ध बिच्छेद गरेको भन्दै जिल्ला अदालत स्याङ्जामा ५० वर्षीय मिनाकुमारी क्षेत्रीले मुद्वा दर्ता गराउनु भएकोछ ।
क्षेत्रीले आफुलाई थाहा नै नदिइ भिरकोट नगरपालिका ३ निवासी श्रीमान मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै जिल्ला अदालतमा तीन वटा मद्वा दर्ता गराउनु भएको हो । उहाँले फैसला हक कायम गरी पाउँ, जलसाजी र लिखित गालि-बेइजेतीको मुद्दा दर्ता गराएको श्रेष्तेदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।
क्षेत्रीले आफुलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेकोले अदालतमा मद्वा हाल्नु परेको बताउनुभयो । उहाँले जिल्ला अदालतमा रुदै भन्नुभयो मलाई थाहानै छैन कसरी भयो सम्बन्ध विच्छेद । श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुख गरी दुइ छोरीलाई पढाउदै आएको र छोरी कृष्टिले २०७५ असार ११ गते जिल्ला अदालत स्याङ्याजामा अंश माग गर्दै मुदा दर्ता गर्दा जिल्ला अदालतमा मिनाकुमारी क्षेत्रीको सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफु मुद्दा मामलामा लाग्न बाध्य भएको बताउनुभयो ।
भिरकोट नगरपालीका वडा न ३ साविक बानेथोक देउराली वडा न ७ का मोहनकुमार क्षेत्री सँग ४४ सालमा मागी विबाह गर्नु भएकी मिनाकुमारी क्षेत्रीले २०४६ सालमा श्रीमानले अर्कै विबाह गरेको र त्यो विबाहलाई ढाकछोप गर्न आफुलाई विबाह गरेको छैन भन्दै भारतिय सेनामा कार्यरत क्षेत्रीले आफुलार्इ सँगै भारत लगेको र करिब दुइ वर्ष भारतमा बसेर एक छोरी जन्मीएपछि घर पर्किएको बताउनुभयो ।
घरमा आएपछि आफुलाई खानलाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएको समयमा बिरुवा अर्चले ६ का राजेन्द्र अधिकारी संग २०५५ साल फागुन १३ गते अर्को विवाह गरेर ( पोहिला) गएको भनि झुट्टा विवरण बनाई अदालतबाट सोतह सम्बन्ध विच्छेदको फैसला भएको जानकारी पाएपछि क्षेत्री अहिले आफु अन्यायमा परेको र सम्बन्ध विच्छेदको कुरा आफुले बल्ल थाहा पाएको जनता समाचारलाई बताउनुभयो ।
जिल्ला अदालत स्याङ्जाका श्रेतेदार नन्दप्रसाद आचार्यले २०७३ साल भदौ ६ गते सम्बन्ध बिच्छेद भएको फिराद पत्रमा देखिएको बताउदै उहाँले भन्नुभयाे ,राजेन्द्र अधिकारी संग २०५५ साल फागुन १३ गते अर्को विवाह गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सुचना लिएर जादा राजेन्द्र अधिकारी र मिनाकुमारी क्षेत्री घर जग्गा बिक्री गरी अन्यत्र गएकोले पीपलको रुखमा सुचना टास गरिएको र अदालतबाट दोस्र पटक आदर्श समाज दैनिकमा २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र २०७४ साल वैशाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको भए पनि मिनाकुमारी क्षेत्रीले फैसला हक कायम गरी पाउनुका साथै जालसाजी र गालीबेइजेती बिरुद्ध मुद्दा दर्ता गराएको जिल्ला अदालतका श्रेतेदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।