रामजीप्रसाद लम्साल
कास्की । शनिबार पोखराको बेगनास तालमा भएको डुंगा दुर्घटना डुंगा चलाउने सिप बिनाका सिकारु चालक र डुंगा चुहिने भएका कारण हुन पुगेको बताइएको छ । पोखराको बेगनास ताल पारी दरखान जान सवाररत डुंगा बेगनास तालमा डुब्दा दुई जनाको मृत्यु भएको छ ।
बेगनास तालको लिब्दी टुडँमा १० जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । ४ जनाको उद्दार भएको छ ।
उद्दारपछि उपचारको लागि अस्पताल पुर्याईएकी तनहुँकी ३२ वर्षीय जमुना कडेंल र नवलपरासीकी ५१ वर्षीय कृष्णकुमारी कडेंल (बजगाईं) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई उद्दारपछि लेखनाथ लायन्स सामुदायीक अस्पतालमा उपचारको लागि पुर्याइएको थियो । १७ वर्षीय मनिष कँडेल, ४ वर्षीय रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, ६ वर्षीय शंकर खनाल, ८ वर्षीय शिव खनाल र ३२ वर्षीय रवी खनाल तालमा बेपत्ता छन् । रबी खनाल नेपाली सेनाको हेटौडामा कार्यरत थिए । सनिबार कुनै उपलब्धि हासिल हुन नसकेपछी आइतबार बिहानैबाट उनीहरुको खोजीकार्य भइरहेको कास्कीका प्रहरी प्रमुख ओम रानाले बताउनुभयो ।
तालबाट २८ वर्षीय सपना खनाल र निशा पौडेललाई स्थानीयले उद्दार गरेका थिए । डुंगा आफैले चलाउने रहर ज्वाई रबि खनालले गरे पछी अर्को डुंगामापछि गएका कमलराज कंडेल आफ्न्तहरु डुबेको देखे पछि तालमा बचाउन पुगेका थिए। तर उनी बेहोश भए पछी स्थानीयले उद्धार गरेका थिए । उनको अहिले उपचार भैरहेको छ ।
डुंगामा पानी भरिए पछि डुंगा डुबेको पौडीएर बाच्न सफल भएकी सपना खनालले बताइन । चुहिने डुंगामा पानी भरिए पछि सबै जना तालमा खसेको बताईन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिए,’ उनले भनिन् ‘लामो समयसम्म उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के, म पौडेर बाचे ।’
कमल कडेंल भने आफन्तलाई डुगा चढाई पठाएपछि एक्लै डुंगा लिएर गएका थिए । कमल आफन्त चढेको डुंगा नजिकै पुग्दा बच्चा खसेको देखे। त्यसपछि आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको देखेपछि कमल डुंगामै बेहोस भई तालमा खसेका थिए। उनलाई पनि समयमै उद्दार गरिएको थियो ।
बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । आफनै डुंगा भएकै कारण उनीहरु लाइफ ज्याकेट विना नै डुंगा लिएर गएका थिए ।