रञ्जन भण्डारी
महोत्तरी । मंगलबारदेखि जलेश्वर बुद्धिजिवी चोकबाट सम्पर्कविहीन रितिककुमार यादव पाँचौ दिन परिवारको सम्पर्कमा आएका छन् ।भारतको पटनास्थित रेल्बे स्टेसन प्लेटफर्ममा चार रात बिताएर फर्केका रितिकले घरमै आएर कुटपिट गर्छु भनेपछि डराएर भागेको बताए ।
‘उनीहरु बारम्बार धम्काइरहन्थे, कुटपिट गर्थे,’ रितिकले भने, ‘मानसिक रुपमै म विक्षिप्त थिएँ, सोच्न सक्ने र घरपरिवारमै छलफल गर्न सक्ने साहस नभएर भागेको थिएँ ।’
रितिककाअनुसार जलेश्वरका केही लागु औषध सेवन गर्ने युवाले विभिन्न बहानामा उनलाई मानसिक यातना दिइरहेका थिए । ‘कसैलाई भने मारिदिने धम्की समेत दिएका थिए,’ रितिकले सुनाए, ‘मंगलबार साथीको कोठाबाट घरतिर जान खोज्दा बाटोमै उनीहरुले एउटा ग्यारेजमै बोलाएर कुटे र तलाइँ यतिले मात्र पुगेन अझै कुट्नु पर्ने छ, पछि घरमै आएर कुट्छु भनेपछि ६ हजार रुपैयाँ लिएर भिठ्ठामोड हुँदै पटना रेल्वे स्टेशन पुगेँ ।’ रितिक रेल्बे स्टेशनमै बस्थे र भोक लागेका बेला चिया तथा अन्य खानेकुरा खान्थे ।
‘पाचौँ दिन घरपरिवारको निकै याद आयो र सबै मेरा लागि चिन्तित होलान् भनेर घर फर्केँ,’ रितिकले भने, ‘मनमा अझै डर लागिरहेको छ । कतिबेला दुव्र्यसनी समूहले कुट्ने हुन् ।’ अनुसन्धानक्रममा सोधपुछका लागि ल्याइएका केही युवाले कुटेको स्वीकारिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
के थियो घटनामंगलवार जलेश्वर–२ का लेखापढी कानुन व्यवसायी एसोसिएसन मालपोत इकाईका पूर्वअध्यक्ष रामबाबु यादवका १६ वर्षीय छोरा सम्पर्कविहीन भएका थिए । दुई छोरामध्ये जेठो छोराको चोकमा झगडा परेको र छोरा नफर्केपछि नेपाल तथा भारतका विभिन्न स्थानमा खोजी गरिएको थिए ।
यो पनि पढ्नुहोस्पाँच दिनदेखि किशोर बेपत्ता
https://45.77.241.73/2018/09/63195