शिव अधिकारी यदुवंशीकाठमाडौं । १० सेप्टेम्बर अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । भारतमा भने पुरुषका लागि काम गर्ने गैरसरकारी सगंठनले एउटा सनसनी खुलासा गर्दै पुरुष आयोग गठनज माग गरेको दिवस पारेर । संस्थाका अनुसार, हरेक देशमा पुरुष अयोग बनिसक्नु पर्ने थियो । ढिलो भइरहेको छ । अखिर किन यसो भने गैरसरकारी संस्थाले ? सबैमा कौतुहलता जागेको विषय बनेको छः किन चाहियो पुरुष आयोग ?
पुरुषका लागि काम गर्ने गैरसरकारी सगंठनले केही दिनअघि आत्महत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक ग¥यो । प्रतिवेदनमा विवाहपछि आत्महत्या गर्ने पुरुषको संख्या विश्वमै सबैभन्दा अधिक रहेको उल्लेख छ । यो तथ्यपछि पुरुष आयोग गठनमा राज्य गम्भीर बन्नु पर्ने भनिएको छ ।
विश्व राष्ट्रिय अपराध तथ्यांक हेर्दा पुरुषका लागि राष्ट्रिय पुरुष अयोग गठन जरुरी भएको संस्थाको भनाइ छ । ‘आयोग बने पुरुषलाई न्याय मिल्नेछ,’ सिआरआइएसपीका संस्थापक कुमार जाहगीरदारले दाबा गर्दै भने, ‘पुरुषहरुको आत्महत्याको मुख्य कारण छोराछोरीसँग भेट्न पाउदैनन् र मानसिक रोगका शिकार हुन्छन् अनि अन्त्यमा अत्महत्या गर्ने निर्णय लिन्छन् ।’ यसलाई बाध्यता भनौँ या समस्या तर पुरुषले चाँहि आत्महत्या गर्नुको कारण यही देखिएको हो ।
त्यस्तै, विवाहपछि दाम्पत्य जीवनमा झेल्नु परेको समस्याका कारणमा पनि आत्महत्या गर्नेमा महिला भन्दा बढी पुरुष देखिएका छन् । एनसिआरबीले सार्वजाजिक गरेको प्रतिवेदन अनुसार, सन् २०१५ मा विवाहपछि जीवनमा आएको समस्याका कारण २ हजार ४ सय ९४ पुरुषले आत्महत्या गरे । यस्तै समस्यमा आत्महत्या गर्ने महिलाको संख्या ३ हजार ९ सय १५ थियो ।
केही दिनअघि भारतको उत्तर प्रदेशका दुई सांसदले कानुन दुरुपयोग गरी श्रीमतीले गरेको ज्यादति र हिंसा सहन गरिबसेका श्रीमानको मुद्दा दर्ता गर्न पनि संगठन स्थापना आवश्यक रहेको तर्क गरेका थिए । महिला भन्दा बढी पुरुष संवेदनशील रहेको भन्दै सिआरआइएसपीका संस्थापक कुमार जाहगीरदारले सरकारलाई यो मुद्दामा गम्भीर भई ‘राष्ट्रिय पुरुष अयोग’ गठनका लागि छलफल गर्न आवश्यक रहेको बताए । जाहगीरदारले थपे, ‘महिला भन्दा बढी पुरुष आत्महत्या गर्छन् ।’ दाइजोको समस्या र अरु गलत आरोप तथा दबाबका कारण ज्यान दिन बाध्य हुन्छन् पुरुष । तर एनसिआरबीको तथ्यांकअनुसार २०१५ मा दाइजोको समस्यामा मात्र ७३ पुरुषले आत्महत्या गरेका थिए । यही मुद्दामा १ हजार ८ सय १ को महिलाको मृत्यु भएको थियो । (एजेन्सीको सहयोगमा)