खेम बम
काठमाडौं । नवनियुक्त प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि सर्वोच्च अदालतमा पदभार सम्हाल्दै हुनुहुन्छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँ आजबाट दैनिक कामकाजमा फर्किन लाग्नुभएको हो ।
सिंहदरबारमा हिजो बसेको संसदीय सुनुवाई समितिको बैठकले मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संवैधानिक परिषद्को भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधान न्यायाधीश मिश्रलाई प्रधान न्यायाधीशका रुपमा प्रस्ताव गरेको थियो ।
यसैबीच, प्रधान न्यायाधीसका लागि संसदीय सुनुवाइबाट अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी पनि आजबाट नियमित काममा फर्किँदै हुनहुुन्छ । मिश्र अनुमोदन नहुदाँसम्म न्यायालय विवादमा नआओस् भनेर आफू बिदामा बसेको उहाँले बताउनु भएको छ । सबै तस्बिर राससबाट लिइएको हो ।
[caption id="attachment_63939" align="aligncenter" width="900"]
संसदीय सुनुवाई समितिको बैठकमा मिश्रबारे सुनुवाइ[/caption]
संसदीय सुनुवाई समितिको बैठकमा मिश्रबारे सुनुवाइ
संसदीय सुनुवाई समितिको बैठकमा जवाफ दिँदै प्रस्तावित प्रधान न्यायाधीश ओमप्रकाश मिश्र
संसदीय सुनुवाई समितिको बैठकमा जवाफ दिएर अनुमोदित भएपछि ओमप्रकाश मिश्र
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ र बधाई लिँदै प्रधान न्यायाधीश ओमप्रकाश मिश्रराष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ र बधाईपछि पत्रकार सम्मेलनमा प्रधान न्यायाधीश ओमप्रकाश मिश्र[caption id="attachment_63946" align="aligncenter" width="900"]
प्रधान न्यायाधीशको शपथपछि बधाई ग्रहण गर्दै ओमप्रकाश मिश्र[/caption]
प्रधान न्यायाधीशको शपथपछि बधाई ग्रहण गर्दै ओमप्रकाश मिश्र[caption id="attachment_63944" align="aligncenter" width="900"]
प्रधान न्यायाधीशको कार्यभारमा ओमप्रकाश मिश्र[/caption]
प्रधान न्यायाधीशको कार्यभारमा ओमप्रकाश मिश्र