सानुको हात समाउँदै सिधै भविनको कोठामा लिएर गएँ । भविन सुतिरहेको रहेछ । सानुलाई देख्नसाथ जुरुक्क उठ्यो । अघिसम्म चुपचाप सानु अब पूरै पोखिइएकी थिइन् । भविनलाई छाँद हालेर ऊ रुँदै थिइन् । भविन पनि सम्हालिन सकेन । ऊ सानुलाई अँगाल्दै रुन थाल्यो । बगेका आँशुले नै भविन आफ्नो गल्तीको माफी माग्दै थियो अनि चुपचाप सानुले माफ गरिदिएकी थिइन् । सानुको आँशु पुछ्दै भविनले सुस्तरी भन्यो, ‘ह्याप्पी तीज सानु ।’
भदौरे झरी परेको हप्ता दिन भइसकेको थियो । शनिबार धोइएका लुगा चिसै थिए । कौशीमा डोरी लगाएर ती लुगा ओल्टाइपल्टाइ गरिरहेकी थिएँ । छिमेकी बहिनी सानु पनि कौशीमा कुचो लगाउँदै थिइन् । ‘दिदी चिया पिउनु भयो?’ उनले सोधिन् । ‘झरी पर्या’छ, सिउसिउ लाग्ने, चिया त नभई नहुनी, तिम्रो भयो त ?’ सोधेँ । ‘अँ दिदी कोही उठ्नु भा’छैन, एक्लै के पिउनु मन लाग्दैन ।’
‘सानु,’भविनले बोलाएको सुनियो । हतारमा फोहोर सोहोरेर भित्र पसिन् उनी ।
छिमेकी कमला बज्यैकी २ छोरा । जेठो मीन, कान्छो भविन, सविता जेठी र उनै सानु कान्छी बुहारी । सबै जागीरे तर सानु सासुलाई स्यहार्नु पर्ने भएकाले विवाहपछि जागीर नखाई बसेकी । सबै कामकाजी भएकाले सासुलाई मात्रै होइन, जेठानी दिदीको ५ र ८ वर्षीय छोराछोरीको स्याहारसमेत गर्छिन् सानु । सानु र भविनको विवाह भएको ३ वर्ष भयो । त्यतिबेला उनीहरुको विवाहमा रत्यौली नाच्दा खुब रमाइलो भएको थियो । हामी दुई घर एकै परिवारजस्तै छौँ ।
एकदिन तरकारी किन्न जाँदा सानुसँगै गएको थिएँ । सानु अलि खिन्न देखेर सोधेँ, ‘सन्चो छैन कि के हो सानु तिमीलाई ?’
‘सारै जिउ दुख्या छ दिदी ।’
अलि अफ्ठ्यारो मानिन् उनले । तरकारी लिएर सँगै फर्कियौँ ।
उहिले भविन र सानुको विवाहमा छिनेपछि खुब चर्चा थियो । हेटौँडाका व्यापारीको छोरी । बिबिए गरेकी एक्ली छोरी । सुशील, सुन्दर केटी भविनले पायो । केटो भाग्यमानी रहेछ । भविन पनि कम सुन्दर त होइन । आफ्नै लगानीमा न्युरोडमा फेन्सी पसल चलाएका । व्यापारकै सिलसिलामा विदेश आउजाउ गरिरहन्छ । व्यापार गजब हुन्छ भन्नुहन्छ कमला बज्यै । जेठो छोरो मीन र बुहारी सबिता एयरपोर्टका कर्मचारी ।सोच्दथेँ, आजको जमानाकी पढेलखेकी सानु, भर्खर २५ वर्षकी छे । तर पनि परिवारका लागि सबै त्यागेर गृहिणी भएर बसेकी छे, उनलाई केही गुनासो छैन, सबैका लागि सबै भ्याएकी छे ।
श्रीमान कामका सिलसिलामा तीनदिन गोर्खा जानु भएको थियो । जन्डो २ वटा कुकुर साथी थिए । घरमा त्यसैले एक्लै बस्न डर लाग्दैन थियो । तीज आउन लागेकाले माइती जाने हुटहुटि थियो । सधैँ झैँ आमा र भाउजूलाई केही उपहार किन्नु थियो । त्यसैले अफिसमा बिदा लिएकी थिएँ । भान्छाको झ्याल र कमला बज्यैको भान्छाको झ्याल एकैतिर पर्छ । एक्लै देखेर होला, कमला बज्यैले मतिर हेर्दै गरेको देखेँ ।
‘ए नानी, कटहरको तरकारी पाक्या’छ हाम्रोमा । तरकारी नपकाऊ है म ल्याइदिन्छु,’ कमला बज्यैले झ्यालबाटै भन्नुभयो । नभन्दै बज्यै कचौराभरि तरकारी बोकेर आउनु भयो । डाइनिङ टेबलमा कचौरा राखिदिँदै बज्यै कुर्सीमा थचक्क बस्नुभयो । मलाई सधैँ भन्दा अलि अनौठो लाग्यो ।
‘बज्यै सञ्चो भएन कि के हो?’
‘नानी मनमा पहिरो गएर गाह्रो भइराख्या’छ,’ बज्यैको अनुहारको फुंग उडेको देखेँ ।
‘के भो बज्यै ?’
‘छोराले सानुलाई मार्छ एकदिन,’ बज्यैले एक सासमा भनिन् । आँखाबाट आँशु बर्बर झर्न थाले ।
रणभुल्ल परेँ ।संयमित हुँदै भनेँ, ‘ बज्यै, नआत्तिनुस्, के भो सबै भन्नुस् न ।’
कमला बज्यैले झ्यालतिर हेर्नुभयो । डराएको देखेर उहाँलाई लिएर बेडरुममा गएँ ।
‘ल भन्नुस् बज्यै, यहाँबात मारेको कसैले सुन्दैन,’ आश्वस्त पारेँ । कमला बज्यैको मुहार केही सामान्य देखियो ।
‘कान्छोले सानुलाई छोड्छु भन्छ, यिनीहरुको सन्तान पनि भएन, एकअर्कामा माया पनि छैन कि, के हो, सधँ डिभोर्सले भन्छ सानुलाई, कोठा थुनेर भकुर्छ नानी, यति बिघ्न रुवा’को छ, तैपनि कहिले एैयासम्म भन्दिन सानु । कुनदिन त्यसै खुत्रुक्कै हुन्छे, मलाइ डर छ नानी । आज पनि बिहानै कुट्यो किन हो,’ कमला बज्यै अबोध बालिकाजस्तै रुन थाल्नु भयो ।
‘त्यसै किन कुट्यो त बज्यै, भविन भाइ त त्यतो निर्दयी होलाजस्तो त लाग्दैन ।’
‘आमाले तीज आउन लाग्यो, चुरा धागो किनेर ल्याऊ भन्नु भा’को छ, आमालाई असनको बाउचा पसलको चिउरा असाध्यै मन पर्छ । जसरी पनि ल्याउनु भन्नु भा’छ । अनि श्रीमानलाई टिकटकको समोसा एकदम मनपर्छ । त्यो पनि लिएर आउनु पर्छ आज,’ माइक्रोमा सानुले सुनाइन् । छक्कै परेँ । कमला बज्यैले बिहान भनेझैँ सानुमा कतै पीडा, दुःखको छनक पाइनँ । सबै पीडालाई मायाले छपक्कै छोपेकी छिन् । असन, न्युरोड घुमेर हामीले तीजलाई रातो चुरा, नयाँ डिजाइनको पोते, टीका, बुट्टे सारी किन्यौँ । कमला बज्यैका लागि चिउरा, भविनको मनपर्ने समोसा सबै किन्यौँ ।
‘कान्छो हामीसँग राम्रो कुरै गर्दैन, एकवर्ष हुन लाग्यो, बिहानै जान्छ, राति आउँछ, बिनाकारण सानुलाई कुट्छ, दाजु भाउजूले सम्झाए पनि मान्दैन । अर्की ल्याउँछु पो भन्छ असत्ति । अर्की छे रे बाहिर । यो उमेरमा के सुन्न र देख्न पर्ने हो नि नानी ? यो भविनलाई प्रहरीमा बुझाइ दिनु पर्यो नानी । अलि दिन थुनेपछि तहमा आउँछ कि ?’
हेर्दा कति सुखी देखिने परिवारभित्रको हुण्डरी बाहिर निस्कदै थियो सायद ।
‘बज्यै, थुनेर मात्र समस्या समाधान हुँदैन नि, नआत्तिनुस् तपाईं । आज किनमेलमा जान लागेको छु । भविन भाइ, अहिले नभएको बेला सानुलाई पठाइदिनुस् न है । उनलाई पनि केही हल्का होला कि । केही कुरा सानुसँग पनि गर्छु,’ भनेँ ।
‘जे गरेर हुन्छ, घरको अशान्ति हटे सञ्चो हुन्थ्यो कि, बेलुका छिट्टै आउनु है,’ कमला बज्यैले धोतीको सप्कोले आँशु पुच्छदै भन्नुभयो । पानी परिरहेकै थियो । छाता ओढेर करिब ११ बजे सानु र म बजार हिड्यौँ ।
‘आमाले तीज आउन लाग्यो, चुरा धागो किनेर ल्याऊ भन्नु भा’को छ, आमालाई असनको बाउचा पसलको चिउरा असाध्यै मन पर्छ । जसरी पनि ल्याउनु भन्नु भा’छ । अनि श्रीमानलाई टिकटकको समोसा एकदम मनपर्छ । त्यो पनि लिएर आउनु पर्छ आज,’ माइक्रोमा सानुले सुनाइन् । छक्कै परेँ । कमला बज्यैले बिहान भनेझैँ सानुमा कतै पीडा, दुःखको छनक पाइनँ । सबै पीडालाई मायाले छपक्कै छोपेकी छिन् । असन, न्युरोड घुमेर हामीले तीजलाई रातो चुरा, नयाँ डिजाइनको पोते, टीका,बुट्टे सारी किन्यौँ । कमला बज्यैका लागि चिउरा, भविनको मनपर्ने समोसा सबै किन्यौँ ।
‘सानु बहिनी, यो हिलो–पानीमा घुम्दा थकाइ नै लाग्यो, एककप चिया पिउँ है,’ आग्रहलाई उनले सहमतिमा टाउको हल्लाइन् । छेउकै रेष्टुरेन्ट छिर्यौँ । तातो चिया र निम्की अर्डर गरेर कुरा निकालेँ ।
‘सानु बहिनी, तिमीले मलाइ दिदी त भन्छौ, तर तिमीलाई परेको दुःख साट्न कहिल्यै सकिनौ है ?’
सानु शब्दविहीन भइन् । टुलुटुलु हेरिरहिन् । देखेँ उनका आँखा बिस्तारै भरिँदै थिए । बिहान कमला बज्यैले भन्नु भएको सबै भनेँ ।
‘दिदी मलाइ केही भन्नु छैन । मेरो भाग्य नै यही रहेछ त अब कहाँ जाउँ ? माइती गएर यस्तो भयो भनुँ घरको इज्जत जान्छ । बाँचुन्जेल यही घरमा सँगै बस्छु तर उहाँले भनेजस्तो डिभोर्स गर्दिनँ, उहाँको अर्की बाहिर छ भन्नुहुन्छ । घरमा ल्याउनु भा’को त छैन नि ? के भो र, उहाँ त्यसैमा खुशी हुनुहुन्छ भने सहेरै बस्छु दिदी,’ सानुमा ढृढता पाएँ ।
‘तिम्रो ज्यानकै चिन्ता छ सानु, हामीले तिमीजस्ती पढेलेखेकी केटीले यसरी आफ्नो जिन्दगी बर्बाद गरेको कसरी हेर्नु भन त, तिमी मुक्त भएर आफ्नो तरिकाबाट बाँच्न सक्छौ बहिनी, जिन्दगी बर्बाद नगर,’ सम्झउने प्रयत्न गरेँ ।
‘दिदी, उहाँले जति दुःख दिए पनि उहाँबिना रहनै सक्दिनँ, मेरो माया सत्य रहेछ भनेएकदिन अवश्य बुझ्नुहुनेछ,’ उनको विश्वास उस्तै थियो । अवाक भएँ । लाग्यो आजभोलि समाजले महिलालाई ससाना कुरामा शंका गर्छन् तर यहाँ त साक्षात सत्यदेवीसँग उभिएकी छु ।
‘दिदी चिया सेलायो,’ सानुको आवाजले झस्किएँ । बाहिर सिमसिम पानीउस्तै थियो, चुपचाप चिया र निम्की खायौँ अनि छातामा ओतिँदै गन्तव्यतिर लाग्यौँ । सानुले बोकेको समोसा र चिउरा बडो जतनले च्यापेकी थिइन् भिज्ला भनेर ।
४ बजेतिर हामी घर छिरिसकेका थियौँ । आआफ्नो धन्दामा लाग्यौँ । सोचेँ सानु आफैँ सबै पीडा सहेर बस्न राजी छिन् भने अरुले सम्झाएर केही हुँदैन । बेलुकी कमला बज्यै आउनु भयो ।
‘नानी के भन्छे सानुले ?’
‘बज्यै, सानु सबै सहेर बस्छु भन्छे, अब हजुरले नै छोरालाई सम्झाउन सक्नु भयो भने केही होला कि,’ सानुले भनेको सबै सुनाएँ । कमला बज्यैको अनुहारमा निरासा देखियो । मन अमिलो भएर आयो । रातभर दुईवटै कुकुर रोइरहेका थिए ।
भोलिपल्ट बिहानै कमला बज्यै हतासिँदै आइन् ।
‘नानी, लौन सानु त हिँडिछे ।’
कता ! चकित परेँ ।
‘भगवान नै जानुन्, हे दैव सानुको रक्षा गर,’ बज्यै बर्बराउन थाल्नुभयो । हिजो राति भविनले तयार पारेको डिभोर्स पेपरमा सही गरेर सानु कसैसँग केही नभनी हिँडिछिन् । हिजो कुरा गर्दा त्यति आत्मविश्वास राख्ने सानु अकस्मात किन डिभोर्स पेपरमा सही गर्न तयार भइन्, राति नै सुटुक्क किन हिँडिन् ? सबै प्रश्न अनुत्तरित थिए । कमला बज्यै घरमा फत्फताइरहेको सुनेँ । बेलुकी साँझ केटाकेटी पनि रोइरहेका थिए ।
शनिबार बिहानै कौशीमा भविन एकोहोरो चुरोट तानिरहेको देखेँ । ख्वाक–ख्वाक खोक्दै थियो । कमला बज्यैले इशाराले घरमा आउन भन्नुभयो । पुग्दा सबै भविनको कोठामा थिए । भविनलाई बिसञ्चो रहेछ । तीनदिनबाट ज्वरोले थलिएको रहेछ । सबै स्तब्ध देखेँ । कोही केही बोल्दैनन् । एक किसिमको सन्नाटा थियो । कमला बज्यैले एउटा फाइल दिनुभयो । हेर्दै जाँदा मन चिसो हुँदै आयो । त्यो फाइलको रिपोर्टमा भविनलाई एचआइभी पोजेटिभ भएको देखेँ ।
‘जीवन त अब केही समयका लागि हो । मेरो गल्तीको सजाय उसले किन भोग्ने, मेरो कारणले सानुको जीवन बर्बाद पार्न चाहदिनँथेँ, त्यसैले जसरी हुन्छ सानु मलाइ छाडेर जाओस् भन्ने चाहन्थेँ, त्यसैले उनीमाथि यो सब गरेँ । त्यो रात पनि डिभोर्स पेपरमा सही नगर्ने हो भने विष पिएर मर्छु भनेर मेटासिड खान लागेकाले सानुले डिभोर्स पेपरमा सही गरेकी हो । अब त उ मलाइ छाडेर गइसकी । म मुक्त छु, यही चाहन्थेँ ।’
सबैका आँखा भरिएका थिए । शून्य मनले भन्यो भविन र सानुको मायामा किन आँखा लगायौ दैव ! सानुको मोबाइल लगातार अफ थियो । कता गइन् । कसैलाई पत्तो थिएन । उनको माइतीमा फोन गर्ने हिम्मत न कमला बज्यैको परिवारमा थियो न प्रहरीमा जाने ।
तीजले झयाप्पै छोपिहाल्यो, माइती चाबहिल, दर खाने दिन जान नपाए पनि तीजका दिन बिहानै माइती हिँडे । बहिनीसँग पशुपति दर्शन जाने योजना थियो । छिटो गरेर लाइन बस्न बहिनी र म पुग्यौँ । पाशुपत क्षेत्र तीजको रौनकले निकै रमाइलो थियो । ब्रतालु नाचगान गर्दै थिए लाइनमै । दुई घन्टा लाइन बसाइपछि मन्दिर दर्शन गर्न पाएर मन शान्त भयो । पूजा गरेर फर्कँदै थियौँ, टक्क अडिएंँ । अगाडि रातो सारीमा सजिएकी सानु उभिएकी थिइन् ।
‘सानु बहिनी,’ झ्याप्प अँगाले अनि तान्दै बाहिर लगेँ ।
‘तिमी कता गएकी हँ भविनलाई छोडेर !’
‘उहाँको ज्यान भन्दा प्यारो अरु केही छैन दिदी, उहाँको खुशीका लागि मैले उहाँलाई छाडेर हिडेकी हूँ,’ सानु रुन लागिन् । ‘सानु, मेरी बहिनी सुन, तिमीले भविनलाई छोड्न हुँदैन अब । उसलाई तिम्रो नै सहारा चाहिन्छ ।’ सबै यथार्थ बताएँ । सानु फतक्क भएर भूइँमा बसिन् । पानी पिलाएँ ।
‘तिमीहरुको प्रेमको परीक्षा हो यो सानु, हिँड अब घर, आजका दिन तिमीहरुको मायाको जित हुनुपर्छ, तिम्रो तीजको ब्रत सफल हुन पर्छ ।’
माइत नगई सिधै सानुलाई ट्याक्सीमा लिएर घरतिर हुइँकिएँ । बाटोभरि सानु केही बोलिन । एकोहोरो चुपचाप बसिरहिन् । ट्याक्सी घर अगाडि रोकियो । सानुको हात समाउँदै सिधै भविनको कोठामा लिएर गएँ । भविन सुतिरहेको रहेछ । सानुलाई देख्नसाथ जुरुक्क उठ्यो । अघिसम्म चुपचाप रहेकी सानु अब पूरै पोखिइएकी थिइन् । भविनलाई छाँद हालेर रुँदै थिइन् । भविन पनि सम्हालिन सकेन । ऊ सानुलाई अँगाल्दै रुन थाल्यो । बगेका आँशुले नै भविन आफ्नो गल्तीको माफी माग्दै थियो अनि चुपचाप सानुले माफ गरिदिएकी थिइन् । सानुको आँशु पुछ्दै भविनले सुस्तरी भन्यो, ‘ह्याप्पी तीज सानु ।’ बाहिर जोडजोडले पानी परिरहेको थियो ।
‘जीवन त अब केही समयका लागि हो । मेरो गल्तीको सजाय उसले किन भोग्ने, मेरो कारणले सानुको जीवन बर्बाद पार्न चाहदिनँथेँ, त्यसैले जसरी हुन्छ सानु मलाइ छाडेर जाओस् भन्ने चाहन्थेँ, त्यसैले उनीमाथि यो सब गरेँ । त्यो रात पनि डिभोर्स पेपरमा सही नगर्ने हो भने विष पिएर मर्छु भनेर मेटासिड खान लागेकाले सानुले डिभोर्स पेपरमा सही गरेकी हो । अब त उ मलाइ छाडेर गइसकी । म मुक्त छु, यही चाहन्थेँ ।’