-अनिल श्रेष्ठ
तिम्रो तीजको बिजमाविचलन त के भनौ ?परिवर्तन आ’को झैँ लाग्छ साथी !
महादेवप्रतिको आस्थार, श्रीमान् को आरोग्यता, लामो आयुअनिसुकुमार र सौम्य वरकोअपेक्षा भन्दा पर,किन यसरी महिनैभरि,हप्तैभरि,कहिले अफिसका नाममा,कहिले टाकनटुकन(छ्याकन्फिसको नाममा,अनि नानाभाँतीको मिसको नाममा,किन जारी छ श्रृंखला दरै दरको साथी ?
तिम्रो तीजको बिजमाअन्तरघुलन त के भनौँ ?व्यापक फेरबदल आको’ झैँ लाग्छ साथी !स्वतन्त्रता, उन्मुक्ति र व्यङ्ग्यलेभरिएका मीठा भाका भन्दा पर,बहुलठ्ठी, मदहोस र बेहोसीकाडिजे बुरोको गीतमा,आँगन अनि बारीको पाटाकोहिलो, धूलो र मजेत्रो बाहिरसाजसज्जाका उपक्रममा जेलिएरधोक्रे सारी र छड्के तिलहरीमासजिएर महिनैभरिहप्तैभरि,कहिले डान्स बार र हुटेलमा,कहिले पार्टी प्यालेसमा,किन जारी छ श्रृंखला दरै दरको साथी ?
तिम्रो तीजको बिजमा,अब समानता, स्वतन्त्रता र सशक्तिकरणकाती आशातित बेर्नाहरु रोपिन्छन् कहाँ ?अनि,शोषण र उत्पीडनकाकुरुप नश्लहरुभई निर्मूलहिंसा र बहिष्कारका किर्नाहरुसमता र सभ्य तिज जन्मिन्छ कहाँ रुरै’पनि महिनैभरिहप्तैभरि सजिएरकिन जारी छ श्रृंखला दरै दरको साथी ?