काठमाडौं । हरेक शुक्रबार झैँ यो साता पनि नयाँ नेपाली चलचित्र आज सिनेमा घरमा प्रदर्शनमा आएको छ । यो हप्ता हास्यकलाकारको समूहले भरिएको चलचित्र ‘साली कसको भेनाको’ प्रदर्शनमा आएको छ ।
भद्र भुजेल निर्देशित चलचित्रलाई मुभिङ पिक्चर्स प्रालिले निर्माण गरेको हो । चलचित्रमा साली र भेनाको जीवन भोगाइका विविध पक्षलाई उतारिएको निर्माण युनिटले जनाएको छ । प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ ‘विशाल’), कमला भट्टराई, मुक्ति अधिकारीको लगानी छ ।
पुष्प आचार्यको कथा लेखन रहेको चलचित्रमा पुष्प आचार्य, सुरज शाही ठकुरीको गीत छ भने संगीत प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानले भरेका छन् । दीर्घ गुरुङले खिचेको चलचित्र बनिष शाहले सम्पादन गरेका हुन् ।
चलचित्रमा विल्सन विक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, रबि गिरी, वीरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बलबहादुर गुरुङको अभिनय छ ।