लोकेन्द्र प्रसाद जोशीदार्चुला । शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको संबिधान २०७२ ले समेत बालबालिकाको हक अन्र्तगत शिक्षा प्राप्त गर्ने अधिकारलाइ अनिवार्य भनेको छ । ‘हामी सबैको इच्छा, अनिवार्य आधारभुत निःशुल्क शिक्षा’ मूल नारा एवं ‘एक बच्चाको भर्ना मेरो समाजिक दायित्व, पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ आदर्श वाक्यका साथ विद्यार्थी भर्ना बिशेष अभियान राष्ट्रब्यापी रुपमा सञ्चालन भएको छ । तर, दार्चुलाको बादी समुदायका अधिकाशं बालबालिका राज्यले अनिवार्य र निशुल्क गरेको आधारभुत शिक्षाको पहुचबाट समेत बञ्चित रहेका छन् ।
शुक्रबार देशभरी भब्यताकासाथ वाल दिवस मनाइरहदा यो समुदायका बालबालिकाहरुको पिडा निकै पृथक थियो । बिडम्बना बालबालिकाहरु अभिभाबक संगै गिट्टी कुट्न, बालुवा बोक्न जान्छन, तर बिद्यालय जादैनन् ।
शैल्यसिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बजारमा बसोबास गर्ने बादी समुदायका दुई दर्जन बढी बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित रहेका हुन् । बादी बस्ती जिल्लाकै दोस्रो ठुलो बजार, गोकुलेश्वर मा.बि., क्याम्पस लगायत आधा दर्जन बिद्यालय रहेको क्षेत्रमा पर्छ, तर बालबालिकाहरु बिद्यालय हैन, चमेलिया नदी किनार र सडक पेटिहरुमा भौतारीएका देखिन्छन् । शिक्षा क्षेत्रका समाजिक अभियान्ताहरुलाइ यो बस्तीको तस्बिरले सधैँ गिज्याइरहेको हुन्छ । बिद्यार्थी भर्ना अभियानमा सतप्रतिशत बिद्यार्थी नियमित आधारभुत शिक्षा आर्जन गरीरहेको भनी तथ्याङक तयार पार्ने काम भइरहेको छ । तर बिडम्बना यो बस्तीका अधिकाशं बालबालिकाहरुले बिद्यालय र शिक्षाको अनुहार देख्न पाएका छैनन्, बिद्यालय भर्ना भएका बिद्यार्थीहरुसमेत नियमित उपस्थित नहुने र बिचैमा कक्षा छोड्ने समस्या रहेको छ ।
नेपालको संबिधानमा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण ब्यक्तित्व बिकासको हक हुनेछ भनेर स्पष्ट उल्लेख गरीएको छ । तर ब्यवहारीकता र वास्तबिकतामा आकाश जमिनको फरक छ ।
गोकुलेश्वर माद्यामिक बिद्यालयको चालु शैक्षिक सत्रको तथ्याङक अनुसार बादी समुदायका २४ जना बिद्यार्थी भर्ना भएका छन् । विद्यालयका प्रधानाध्यापक धनञ्जय जोशीका अनुसार शिशु कक्षामा २ जना छात्र र २ जना छात्रागरी ४ जना, कक्षा १ मा ५ जना छात्र र ७ जना छात्रा गरी १२ जना, कक्षा २ मा १ जना छात्र र १ जना छात्रागरी २ जना, कक्षा ३ मा १ जना छात्रा, कक्षा ४ मा ३ जना छात्रा, कक्षा ५ मा ३ जना छात्रा र कक्षा ६ मा १ जना छात्रा गरी २६ जना बालबालिका भर्ना भएका छन् ।
तथ्याङक हेर्दा विद्यालय भर्ना नहुने र बिचैमा कक्षा छोड्ने बालबालिकाहरु ठुलो संख्यामा भएको स्पष्ट हुन्छ । साथै भर्ना भएका विद्यार्थीहरु समेत कहिलेकाहीं मात्रै विद्यालय पुग्ने गरेका छन् । सरकारले बादी समुदायका बालबालिकाहरुलाइ बिद्यालय भर्ना र दैनिक उपस्थितिको आधारमा भत्ताको समेत ब्यवस्था गरेको छ, तर बालबालिकाहरु विद्यालय जादैनन् । बिचैमा पढाइ छोड्ने गरेकै कारण कक्षा ६ भन्दा माथि विद्यालयमा एक जनापनि विद्यार्थी छैनन् ।
यस बस्ती वरिपरिका बालबालिकाहरु सधै हातमा कापि कलम समाएर विद्यालय जादैँ गर्दा बादी समुदायका बालबालिकाहरु माछा मार्न, गिट्टी कुट्न, पौडी खेल्दै चौलानी नदी किनारतर्फ लाग्छन् । साथै कम उमेरमा बिबाह गरेर धेरै बच्चा जन्माउने यो समुदायका मानिसको भरपर्दो आयश्रोतको माध्यम केहिपनि छैन । भारी बोक्ने, गिट्टी कुट्ने, बालुवा निकाल्ने, छलिया नाचँ गर्ने, माछा मार्ने लगायतका गतिबिधि गरेर दिनचर्या बिताउँने गरेका छन् । मजदुरी गरेर पैसाबाट मदिरा सेवन गरेर अधिकाशं रात त पुरै परिवार भोकभोकै सुत्नुपर्ने दुखेसो समेत यो समुदायका मानिसहरु सुनाउँछन । अधिकाशंको न आफ्नो खेतबारी छ, न त घर जमिननै । बस्तीभरी फोहोरमैला र दुर्गन्ध मात्रै भेट्टिन्छ । यो समुदायमा अशिक्षा, बेरोजगारीकै कारण बिकृति बिसङगतिले समेत जरा गाडेर बसेको छ ।
बादी समुदायको अवस्था निकै दयनिय छ, राज्यले लगानी गरेपनि बालुवामा पानी हालेजस्तै हुने गरेको छ । त्यसकारण अब राज्यले प्रभावकारी कार्यक्रम सञ्चालन गरेर यो समुदायका बालबालिकाहरुलाइ शिक्षा, दिक्षा र बेरोजगारहरुलाई स्वरोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनाउनु आवश्यक छ । ब्यवहार परिवर्तन गरेर जीबिकोपार्जनमा ध्यान दिए अहिलेको अवस्थाबाट यो समुदायका मानिसहरु माथी उठ्न सक्ने सम्भाबना पनि उत्तिकै छ ।