इच्छा गुरुङकाठमाडौं । वेष्ट्रन सांगीतिक कल्चर हिप–हप अब नेप–हप अर्थात नेप्लिज हिप–हप नेपाली युवायुवतीहरु माझ लोकप्रिय बनिसकेको छ । गिरिस खतिवडा, प्रनिल एल तिमल्सिना, सुदिन खतिवडा, याम्मी सम्राट, यम बुद्ध, निणर्य एनएसके, आशिष राना ‘लाउरे’, भिटेन जस्ता नेपाली र्यापरहरु युवापुस्ता बिच निकै लोकप्रीय भइसकेका नामहरु हुन् । यिनै नामहरु संगै अर्को लोकप्रिय बन्दै गरेको नाम हो “स्वामी डी”।
‘स्वामी डी’ अमेरिकाको टेक्सस बसोबास गर्ने नेपाली युवा ब्यवसायी हुन् । उनले सन् २०१६ मा “बाल हो” नेपहप गित युट्युबबाट सार्बजनिक गरेका हुन् । पहिलो प्रयासबाटै नसोचेको सफलता प्राप्त गरेका स्वामी डी ले त्यसयता हरेक बर्ष नयाँ गीतहरु युट्युबबाट सार्वजनिक गर्दै आएका छन् । २०१७ मा ‘हुज् योर ड्याडी’ र २०१८ मा हालसालै ‘नेपहप’को ‘रन वे’ नामको र्याप गित सार्वजनिक गरेका छन् । तीनओटा भिडियो संगै नेपहपको क्षेत्रमा उनि चर्चित बनि सकेका छन् । तिन वटै भिडियोमा हाई बजेटको कारण पनी उनि चर्चामा रहने गरेका छन् । उनै स्वामी डी संग जनतासमाचार डटकमले गरेको अन्तवार्ताको मुख्य अंश प्रस्तुत गरिएको छ ।
यहाँको बुझाइमा हिपहप के रहेछ ?सामान्य भाषामा हाइ इनर्जी म्युजिक जनरा म भन्ने गर्छु, जसमा कुनै लिमिटेसन हुदैँन । अलिकती एडिच्युट पनी हुन्छ ।
हिप–हपमा कहिले देखि आर्कषित हुनुभयो ?सानै देखि भन्नु पर्छ । थाहा भए सम्म प्लस २ देखि हिपहप गितमा रुची बढेको हो । अरु गीत–संगीत भन्दा फरक छ । हिप–हप र्यापरहरुले देखाउने एडिच्युट, गितबाटै गाली पनि गर्ने आदी जस्ता कुराहरुले मलाई सानै देखि र्यापहरु मन पर्ने गरेको हो । त्यस्तै गीतहरु खुब सुन्दै हुर्कदै आए ।
यति चर्चित भइन्छ भने लागेको थियो ?पहिले त रहरले गीत गाएको हो । तर नयाँ पुस्ताले यती धेरै मन पराउछन् भन्ने त सोचेकै थिएन ।
तपाईलाई पैसाले बनेको र्यापर भनिन्छ नी ?केही हद सम्म होला पनी किनकी मैले मेरो पहिलो र दोस्रो भिडियोमा १० र अहिलेको भिडियोमा २० हजार डलर खर्च गरेको थिए जुन अमेरिकाको खर्च अनुसार सामान्य नै हो । तर पैसा नभएको भए पनि म गित निकाल्ने थिएँ । पहिलो भिडियो नै चले पछी दोस्रो र तेस्रो भिडियोमा भने स्पोन्सरसिप प्राप्त भएको हो ।
तपाइको आइडल र्यापर को हो ?नेपालको र्यापरहरुमा मलाई लाउरे मनपर्छ । त्यस्तै अमेरिकाको र्यापर ५० सेन्ट मनपर्छ । उनिहरुनै मेरो आइडल हुन् ।
र्यापरहरु किन गितमा भल्गर भाषा प्रयोग गर्छन् ?भोइलेन्ट हुनु भन्दा त भल्गर नै हुनु ठिक होला की !
भल्गारिटीले नै मानिसलाई भोइलेन्ट बनाउछ होइन र ?त्यस्तो पनि होइन । धेरै रिसाउने मनिसहरुलाई साइक्रेटिकले शान्त हुन मनमा लागेको कुराहरु लेख्न सल्लाह दिन्छन् नि त्यस्तै हो । कहिले काही एक्सप्रेसनले मान्छेको क्रोधलाई शान्त बनाउन सहयोग गर्छ नी त । तर म भने फन्नी र रमाइलो र्यापर हुँ ।
भिडियोमा महिलाहरुलाई बढि एक्सपोज गरियो भन्ने पनी आरोप छ नी ?मेरो तिन वटै भिडियोमा समुन्द्र, याच, टप बाथ को सिनहरु रहेका छन् तसर्थ त्यसको लागी सुहाउँदो एक्सपोज छ ।
तपाइको फ्यानहरु कस्ता कस्ता छन् ?अचम्म लाग्छ मेरो युवाहरु मात्र होइन, बालक र बृद्धहरु समेत मेरो फ्यान रहेका छन् । इनबक्समा धेरैको म्यासेजहरु आउछन् सबै लाई स्वामी डी ले लब रियाक्ट गर्छ ।
नेपाली रेडियो टेलिभिजनले तपाईको गित बजाउदैन नी किन होला ?खासमा मेरो सबै भिडियोहरु युट्युबको भ्युअरस्को लागि नै हो । सबैमा किन बजेन थाहा छैन तर केही नेपाली टेलिभिजनमा बजेको थाहा छ ।
युट्युबमा पनी भ्युअर्स किन्नु हुन्छ रे नि हो ?लामो हांसो....होइन किनेको भए त मिलियन भ्युज देखिन्थ्यो नी । भएको भ्युअर्स अग्र्यानिक हो त्यसमा म खुशी छु । नेपालमा आएर कुनै कन्सर्ट गरेको छैन मैले, त्यसको बावजुत पनी नेपाली फ्यानहरु पाएको छु त्यसैमा खुशी छु ।
फ्यानहरुलाई टन्नै उपहार बाड्नु हुन्छ रे किन होला ?हो मेरो गितहरुको टाइटलहरु लेखिएको टिसर्ट र कलमहरु मेरो फ्यानहरुलाई पठाउने गरेको छु । केही कारण छैन मलाई त्यसैमा खुशी लाग्छ ।
तपाई सामाजिक काममा पनी रुची राख्नु हुन्छ भन्ने सुनिन्छ नी ?हो हरेक मान्छे आफु जन्मेको हुर्केको समाज र देश प्रति उत्तरदायी हुनपर्छ भन्ने मलाई लाग्छ त्यसैले समय समयमा आवश्यक जता लाग्छ त्यता सकेको सहयोग गर्ने गरेको छु । २०७२ सालको भुकम्पमा सहयोग गरेको छु ।
हिपहपको एक एलिमेन्ट र्याप: