-उमेश लुइँटेल
वर्षौँदेखि सरीसृप बनाउँदै‘हजुरको जय होस्’ भन्न सिकाउनु भो
हजुर हिँड्ने बाटाभरिफूल ओछ्याउन लगाउनु भोहाम्रा नयनले हजुरका पाउमात्र हेर्न लगाउनु भो ।
सत्य, होला हजुरहामीले हजुरका भकुण्डे गाला,बलड्याङ्ग्रे आँखार, आँखी भौँ जोडिएकानिधार देख्नै सकेनौँ ।
चट्याङ जस्ता हजुरका वाणीलेहाम्रा शिर उठ्नै दिएनन्
हजुरले घामका प्रथम किरणलाईआफ्नो आँगनमा हिँड्न लगाउनुभोप्रातः फूलका कुमारी मुस्कानलाईआफ्ना ढ्याब्रे ओठमा टसाउनुभो
रातभरि आकाशलाई धारे हात देखाउँदैजूनको सौन्दर्य आफ्नै भएको दाबा गर्नुभोचमेलीको सुगन्धमा रङमगाउँदैआफ्नै हातले हाँगा रबोट लछारपछार पार्नुभो
हजुरले अस्ति सिँहझैँ गर्जिएरसडकमा ढेस लगाउने ढुङ्गालाईसिमलको भुवा बन्ने आदेश दिनुभोचौरस्तामा उभिएर चोरी औँलो ठड्याउँदैआकाशलाई टोपी बनाउने उद्घोष गर्नुभो
हो हजुरहामीलाई यि सबै थाहा छकुनै पनि वस्तुसँग चुपचाप हिँडिरहनेछायामा अनुवाद हुँदैहजुरकै पिछलग्गू बनेरसाक्षी किनारा बनेका छौँ
तर आज अचानकएक मुठी मुटुभित्रकोएक चिम्टी स्वाभिमानले धिक्कार्न थाल्योइमानको रगत शरीरभरि सलबलायोनयाँ बिहानीका स्वर बतासले उराल्यो
अब बताउनुहोस् त हाम्रो हजुरफूल, घाम, हिमाल, हावा, आकाश, ढुङ्गा जस्तैहामी सप्पै सप्पै मिलेरहजुरलाई ठाडो शिरले हेर्दैहजुरको बाटो छेक्यौँ भनेहामीलाई टेकेर भाग्न सक्नुहुन्छ ?