रविन्द्र सिंह ठकुरी
बाँके । हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र विकट छ । बाँकेमा केहि स्थानका वासिन्दा अहिले पनि अध्यारोमा बस्न बाध्य छन् । बिद्युत र सडक सञ्जालबाट टाढा रहेका गाँउपालिकामा नरैनापुर, डुडुवा राप्तिसोनारी गाँउपालिका हुन् । बिद्युतबाट बञ्चित रहेको गाँउपालिकामा राप्ति सोनारी पनि एक हो ।
राप्तिसोनारी वडा नं. १ कुसुममा बिद्युतको काम शुरु भएको १० बर्ष पुग्दा पनि बिद्युतको पहुँच पुग्न सकेको छैन् । स्थानीय आफ्नो पालामा बिद्युत नआउनेमा विश्वस्त थिए । सामुदायिक विद्युत वितरणका लागि वि.स २०६३ बाट पहल भएको कुसुममा अहिले विद्युत बाल्न पाउने होकी भनेर केही आशा पलाएको देखिन्छ ।
बि.स २०७०-७-२५ मा नेपाल विद्युत प्राधिकरण र सामुदायिक विद्युत बितरक केन्द्रकुसुम बिच सम्झौता भई बि.स २०७१ साल असार २ मा काम सुरु भई बि.स २०७२ असार २ मा सम्पन्न हुनु पर्ने हो । तर ठेकेदारको लापरवाहीका कारण झण्डै ४ बर्ष ढिला भएको योजना विद्युत प्राधिकरण र स्थानियहरुको सहयोगमा यहि दशैंसम्म सबैको घरमा विद्युत पु¥याउने योजनाका साथ सबै सरोकारवाला निकायहरु लागिरहेका छन् ।
क्षेत्रीय विद्युत प्राधिकरण नेपालगन्ज, कोहलपुर विद्युत बितरक केन्द्र र कुसुम ग्रामीण सहकारी संस्थाको अगुवाई र स्थानीयको सहयोगमा दशैँसम्म अत्तरीया ग्रिड शाखा अन्र्तगत कु्सुम सब स्टेसनबाट १३२-११ के.भीएको लाईनबाट २ वटा फिडर निकाली १०० के.भिए (थ्रि फेज) १३ वटा ट्रान्सफर्ममा विद्युत पु¥याउने लक्ष्य लिईएको छ । शुरुमा ९ वटा ट्रान्सफर्म राखेर विद्युत पु¥याउने लक्ष्य लिएको क्षेत्रिय विद्युत प्राधिकरणका प्रमुख मनोज कुमार सिंहले जानकारी दिनु भयो । यस परियोजनामा स्थानीयहरुको १० प्रतिशत लगानी रहेको छ, भने नेपाल विद्युत प्राधिकरणको ९० प्रतिशत लगानीमा ग्रामिण विद्युत बितरण केन्द्र संचालनमा आएको हो । यस योजनाको बजेट ६ करोड ३० लाख ४७ हजार २ सय ८२ रहेको छ ।
कुसुम र आसपासका गाँउहरुमा पहिलो चरणमा विद्युत पहुँच पु¥याउने र त्यस पश्चात राप्ति पारीका गाँउहरुमा पनि काम सम्पन्न भए पश्चात विद्युतको पहुँच पु¥याउने लक्ष्य रहेको प्रदेश ५ सांसद कृष्णा के.सी (नमुना) ले बताउनु भयो । १३ वटा लोड सेन्टर मध्ये ९ वटा लोड सेन्टर चार्ज हुने अवस्थामा पुगिसकेको र कोहलपुर बितरण केन्द्रले थोक रुपमा संस्थालाई उपलब्ध गराउने मिटरहरु उपलब्ध भैईसकेको कोलपुर बितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनु भयो । लामिछानेले दशैंसम्म बत्ति बल्ने सम्भावना प्रवल रहेको जानकारी दिए ।
कुसुम क्षेत्रमा २हजार ८ सय २५ घरधुरी रहेका छन् । कुसुम वडा नम्बर १ मा जनप्रतिनिधी र स्थानियहरुसंग अन्र्तक्रिया कार्यक्रम पनि गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा स्थानियले विद्युतको सपना देख्न लागेको १० वर्ष हुँदा पनि आफुहरु विद्युतको सेवाबाट अझै टाढा रहेको बताएका थिए । जसलाई सम्बोधन गर्न क्षेत्रिय विद्युत प्राधिकरणका प्रमुखसंग माग समेत गरेका थिए । स्थानीयहरुको प्रश्नहरुलाई सम्बोधन गर्दै दशैंसम्म स्थानीयहरुको घर–घरमा विद्युत पु¥याएर छाड्ने प्रतिबद्धता समेत गर्नु भएको थियो ।
प्रदेश नम्बर ५ की सांसद कृष्णा के.सी(नमुना) ले आफु कुसुम क्षेत्रमा विद्युतको पहुँच पु¥याउनकालागी पहिलादेखिनै लागेको बताउनु भएको थियो । यस्तै उहाँले स्थानिय र सम्बन्धित निकायको इच्छा शक्ति भएको खण्डमा काम गर्न कुनै पनि कठिनाई नहुने बताउनुभयो । उहाँले क्षेत्रिय विद्युत प्राधिकरणका प्रमुख मनोज कुमार सिंहको पहल कदमी एकदमै सराहनीय भएको बताउनु भयो । नेपालमा ठेक्का प्रणली अन्र्तगत सार्बजनिक खरिद ऐनलाई नै परिवर्तन गर्नु पर्नेमा उहाँको जोड रहेको थियो ।