–ज्योति किरण
म,हासेको छुइनँ,तिमीले हासेको बनायौ,यात्रामा,म कहिलै थाकेको छैन ,तिमीले थकित बनायौ,गलित बनायौ,म,उभिएको आकाशभरि ,कालो बादल कायम थियो ,म,कलम बोकेर,मुक्ति युद्धमा सामेल थिएँ, छदैँछुतिमीले अँध्यारो रातमा,के नियति र आवेग पोखेर ,म नाचिरहेको बनायौ,मलाई नहेरी,मलाई नपढीकलाकार !तिमीले कसरी,तिम्रो क्यानभासमा मलाई चित्र बनायौ ?म,यौवनको उन्मादमा छु,आँखा भरी(भरी,मन र मुटुभरी भरी उज्यालो पालेर,नयाँ युगको उन्मुक्ति संगालेको आरोपमा,बन्द कोठाको अँध्यारो भित्र ,गुम्स्याइएको वेदनामा छु,समयका एक–एक थोपा,बटुलेर क्रन्दनहरु,म,एक नियतिको कठोरताविरुद्ध,नयाँ विद्रोह उन्दैछु,र,म,दन्किएको,आगो भित्र पसेर,तिम्रो गीत गाइरहेको छु,खोइ त,तिम्रो चित्रमा त्यो कुरा ?यो बेला ,ममाथि ठूलो पहाड खसेको छ,अस्त्रहरुको,भोका र नाङ्गाहरु सबै सबै,मारिँदैछ्न बस्तीहरुमा,तर तिमीले त्यस्लाई,कसरी,पुष्प वृष्टि देखायौ चित्रमा ?तिमीले मलाई अशक्त बनायौ,अस्ताएको डाँडापारीको,बूढो घाम बनायौ,म भन्दा फाल्टुर,म भन्दा उल्टो बनायौ,मलाइ नहेरी ,मलाइ नपढी,कलाकार !कसरी तिमीले,तिम्रो,क्यानभासमामलाइ चित्र बनायौ ?