काठमाडौं । बलिउडमा यो बर्ष पनि बिभिन्न जनराका फिल्महरु रिलिज भए । रिलिज भएका अधिकांश फिल्महरुले आफ्नो लगानी समेत उठाउन पाएनन् भने केहिले जेनतेन लगानी सुरक्षित गरे । तर रिलिज भएकामध्ये केहीले गज्जबको नाफा कमाउन सफल पनि भए । आज हामी २०१८ मा अहिलेसम्म रिलिजभएका मध्ये सबैभन्दा धेरै नाफा कमाउने फिल्महरुको बारेमा जानकारी गराउनेछौँ ।
१. सोनू के टीटू की स्वीटीः आर्यन, नुसरत बरुचा र सनी सिंहको मुख्य भुमिका रहेको फिल्मलाई लव रंजनले निर्देशन गरेका हुन् । २४ करोडको लागतमा बनेको फिल्मले १ सय ८ करोडको कलेक्सन गर्दै ३ सय ५३ प्रतिशत नाफा कमाएको थियो ।
२. संजूः बलिउड अभिनेता संजय दत्तको जीवनमा आधारित फिल्ममा रणबीर कपूरले संजयको भुमिका निभाएका थिए । ८० करोडको लागतमा बनेको फिल्मले ३ सय ४१ करोडको कलेक्सन गर्दै ३ सय २७ प्रतिशत नाफा कमाएको थियो ।
३. बागी २ः बागी २ २०१६ मा प्रदर्शनमा आएको फिल्म बागीको सिक्वेल हो । एक्सन थ्रीलर जनराको फिल्ममा टाइगर श्राफ र दिशा पटानीको मुख्य भुमिका छ । ६० करोडको लागतमा बनेको फिल्मले १ सय ६५ करोडको कलेक्सन गर्दै १ सय ७५ प्रतिशत मुनाफ गरेको थियो ।
४. हिचकीः चारबर्षपछि रानी मुखर्जीले कमब्याक गरेको ‘हिच्की’ले पनि एकदमै राम्रो ब्यापार गरेको छ । २० करोडको लागतमा बनेको फिल्मले ४६ करोडको कलेक्सन गर्दै १ सय ३१ प्रतिशत मुनाफा गरेको थियो ।
५. वीरे दी वेडिंगः चार नायिकाहरुको मुख्य भुमिका रहेको फिल्मले पनि बक्सअफिसमा धमाल नै मच्चायो । फिल्ममा करीना कपूर खान, सोनमक कपूर, नेहा धुपिया लगायतक कलाकारहरुको मुख्य भुमिका छ । ३५ करोडको लागतमा बनेको फिल्मले ८० करोडको कलेक्सन गरेको थियो । यसरी हेर्दा फिल्मले १ सय २९ प्रतिशत नाफा कमाएको थियो ।
६. सत्यमेव जयतेः जोन अब्राहम, मनोज बाजपेयी र आयशा शर्माको मुख्य भुमिका रहेको फिल्म ४० करोडको बजेटमा बनेको थियो । फिल्मले ८८ करोडको कलेक्सन गर्दै १ सय २१ प्रतिशत मुनाफा गरेको थियो ।
७. परमाणुः १९९८ मा भएको पोखरण परीक्षणको कहानीलाई देखाईएको फिल्ममा जोन अब्राहम र डायना पेंटीको मुख्य भुमिका छ । ३० करोडको लागतमा बनेको फिल्मले ६५ करोडको कलेक्सन गर्दै १ सय १८ प्रतिशत मुनाफा गरेको थियो ।
८. प्याडम्यानः यो फिल्म सामजिक अभियानकर्ता अरुणाचलम मुरुग्नाथनको कहानीमा बनेको हो जसले हिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याड बनाउने काम सुरु गरेका थिए । ३७ करोडको लागतमा बनेको फिल्मले ७९ करोडको कलेक्सन गर्दै १ सय १३ प्रतिशत मुनाफा गरेको थियो ।
९. रेडः अजय देवगन र इलियान डीक्रुजको मुख्य भुमिका रहेको फिल्मले १ सय २ करोडको कलेक्सन गरेको थियो । ४८ करोडको लगानीमा बनेको फिल्मले १ सय १२ प्रतिशत नाफा गरेको थियो ।
१० धडकः फिल्ममा भारतीय चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर र शाहिद कपूरको भाई ईशान खट्टरको अभिनय छ । ३५ करोडको लागतमा बनेको फिल्मले ७२ करोडको कलेक्सन गर्दै १ सय ५ प्रतिशत मुनाफा गरेको छ ।
-एजेन्सी