विष्णु थापा काठमाडौं । भाद्र शुक्ल अष्टमी अर्थात आज कागेश्वरी महादेवको पूजाआजा गरेमा कागबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक मान्यता । गोसाइकुण्ड र पाँच पोखरी मेला भरेर आउने श्रद्धालुले ल्याएको जल कागेश्वरी मन्दिरमा चढाएपछि मात्र त्यस ठाँउमा भरेको मेलाको फल प्राप्ती हुने जनविश्वास छ ।
[caption id="attachment_65529" align="alignnone" width="836"]
बुढा पाका देखि तन्नेरीहरुको मेलामा आर्कषण[/caption]
काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिकामा रहेको कागेश्वरी मन्दिरमा भाद्र शुक्ल अष्टमीमा महादेवको पूजा गर्नाले चिताएको काम पूरा हुने जनविस्वास छ । लिच्छविकालमा एउटा गाइले नियमित रुपमा चढाएको दुधलाई कागले माथि रहेको ठुलो ढुङ्गामा ल्याएर चढाउन थालेकोले मन्दिरको नाम कागेश्वरी महादेव हुन गएको किम्वदन्ति छ । वर्षभरी कागले छोएमा या शरीरमा विष्ट्याएमा हुने अनिष्टबाट बच्न कागेश्वरी महादेवको दर्शन गर्ने गरेको भक्तजनहरुको विश्वास छ ।
[caption id="attachment_65530" align="alignnone" width="844"]
हालै राखिएको २०० किलो को कागको प्रतिमुर्ति [/caption]
धार्मिक महत्व रहेपनि पशुपतिनाथ मन्दिरबाट १५ किलोमिटरको दुरीमा रहेको मन्दिरको कागेश्वरी मन्दिरको प्रचार नहुँदा ओझेलमा परेको छ । नगरपालिकाले हालै गुरुयोजना बनाएर यसको विकासका लागि गृहकार्य थालेको जनाएको छ । नगरपालिकाल आन्तरिक पर्यटकर्लाइ आकर्षित गर्न विभिन्न योजना ल्याएर काम थालेको छ ।
[caption id="attachment_65531" align="alignnone" width="846"]
हालै निमार्ण गरिएको नयाँ संरचना[/caption]
धार्मिक महत्व रहेको कागेश्वरी महादेव क्षेत्र मौषम अनुकूल रहेको समयमा काठमाडौं उपत्यका सजिलै नियाल्न सकिन्छ । मन्दिरमा स्थानीय भक्तजनहरु मात्र बढी आउने गरेका छन् । सडक सञ्जालको स्तरोन्नती गरिएमा मात्र यस क्षेत्रमा आन्तरीक पर्यटकको आवागमनमा वृद्धि हुने मात्र नभइ स्थानीयको आयआर्जनमा पनि टेवा पुग्ने थियो कि ।
[caption id="attachment_65532" align="alignnone" width="720"]
करीव एकलाख जना भक्तजन आउने अनुमान[/caption][caption id="attachment_65533" align="alignnone" width="720"]
कागेश्वरी मन्दिर[/caption][caption id="attachment_65534" align="alignnone" width="720"]
कागेश्वरी महादेव पुजागर्ने स्थल[/caption]