काठमाडौं । यो साता युट्युव नेपाल ट्रेण्डिङको उत्कृष्ट पचासमा ५ गीत परेको छ। नितेश जंग कुँवर र आयूफ लुईटेलको गीतले यो साता पनि निरन्तरता पाएको छ भने आशुसेन लामाको गीत सहित ३ नयाँ गीतहरु युट्युव नेपाल ट्रेण्डिङमा प्रवेश गरेका छन् । यो साता युट्युव नेपाल ट्रेण्डिङको पहिलो स्थानमा आशुसेन लामाको शब्द, संगीत तथा स्वरमा रहेको फ्लप सङ बोलको गीत पर्न सफल भएको छ। चर्चित डान्स ग्रुप कार्टुन्ज क्रूका सरोज अधिकारीले निर्देशन गरेको भिडियोमा कार्टुन्ज क्रु संगै अर्को डान्स गु्रप भिमफेदी गाईज पनि फिचरिङ छन्।
https://www.youtube.com/watch?v=IgWiWi5gusw
यस्तै यो साता डान्स रियालिटि सो बुगीउगी बिजेता कविता नेपाली र नायक पल शाह फिचरिङ म्यूजिक भिडियो युट्युव नेपाल ट्रेण्डिङको छैटौ स्थानमा पर्न सफल भएको छ। यहि त होला माया बोलको गीतमा राज खम्बुको स्वर, एक नारायण भण्डारीको शब्द रचना तथा आशिश अविरलको संगीत सिर्जना छ ।
https://www.youtube.com/watch?v=ScEZIca6Ki8
गत साता युट्युव नेपाल ट्रेण्डिङको दोस्रो स्थानमा रहेको नितेश जंग कुँवरको लौन के गर्ने गीत यो साता भने १५ औं स्थानमा तल झरेको छ। कुँवरकै स्वर, शब्द तथा संगीतमा रहेको छ ।
https://www.youtube.com/watch?v=9IbQppLKdrg
सुसान्त केसीको स्वर, शब्द तथा संगीतमा रहेको सताएर बोलको लिरिकल भिडियो यो साता युट्युव नेपाल ट्रेण्डिङको १९ औं स्थानमा परेको छ ।
https://www.youtube.com/watch?v=gzgqGGGV7Jg
गत साता युट्युव नेपाल ट्रेण्डिङको ४० औं नम्बरमा रहेको आयूफ लुईटेलको हेरी रहुँ बोलको गीतको भिडियो यो साता ४८ औं स्थानमा झरेको छ। आर के खत्रीको शब्द तथा संगीत रहेको भिडियोमा एलिसा राई र भिमफेदी गाईज फिचरिङ छन् भने भिडियोको निर्देशन पनि भिमफेदी गाईज कै रहेको छ ।
https://www.youtube.com/watch?v=9t_6mw9IFSQ