काठमाण्डौं । आजकल राजधानीको मध्य भाग अनामनगरस्थित मण्डला नाटक घर खचाखच दर्शकको भीडले खचाखच हुने गरेको छ । नाटकका रस पसेका दर्शकहरु फरक–फरक कथामा मञ्चन हुने नाटकहरुले मनोरन्जन मात्र होइन कथाका माध्यमबाट व्यक्त गरिएका सन्देशहरुले समेत अमिट छाप छोड्ने गरेको छ । त्यस्तै छाप छोड्ने एक कालखण्डको प्रतिनिधित्व गर्ने नाटक ‘जालिनी’ मञ्चन भईरहेको छ । ध्रुवसत्य परियारको कथामा आधारित नाटक ‘जालिनी’लाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका हुन् ।
नाटकमा पुरुषको चाहाना अनुरुप महिलाहरु प्रयोग हुदैँ आएको प्रसङ्गलाई देखाईएको छ । शासक बर्गको क्रुरता, अशिक्षा, चेतनाको अभाव, दासत्व मानसिकताको कारण परापुर्वकाल देखि कथा, दन्त्यकथाहरु देखी लिएर यथार्थमा समेत त्यस्ता अनेकन घटनाहरु पढ्न देख्न भोग्न समेत बाध्य छौ हामी । आफ्नो स्वार्थको लागी पुरुष मानसिकता कती सम्म सामन्ती बन्न सक्छ, आफ्ना नागरिकलाई कसरी दास बनाएर राख्दछ, कसरी एक महिलालाई उनको नैर्सर्गिक अधिकारबाट बन्चित गरिन्छ भन्ने कहानीलाई ‘जालिनी’ले समेटेको छ ।
पुस्तौं पुस्तामा हस्तान्तरित भएर आउने लोककथामा जनताकै चिन्तन, बुझाइ, बिश्वास, अन्धविश्वास भरिएको हुन्छ त्यसको बुझाईमा ‘जालिनी’ कथा लेखेको कथाकार घ्रुबसत्य परियार बताउछन् । अभिनेता दयाहाङ राईले नेपाली चलचित्रको ब्यस्ततालाई केही समय थाती राखेर ‘जालिनी’मा खरो निर्देशकका रुपमा प्रस्तुत भएका छन् । नाटकमा रंगकर्मी सृजना सुब्बा, बिजय बराल, बिनिता गुरुङ, पुष्कर कार्की, इँगिहोपो कोइँच सुनुवार, सागर दहाल, बिकास पन्थ, सञ्जीव राई, दीपक पचलदँग्या, प्रमिला खनाल, शकु शाह, सुदिप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सबिन घलान देबिन चौधरी को अभिनय रहेको छ । नाटक असोज २१ गते सम्म मन्चन हुनेछ ।