वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै जीव उसको डरले भाग्दथे । उसको मुख यति ठूलो थियो कि, सजिलै जीव निल्न सक्थ्यो । एकपटक अजिंगर शिकारको खोजीमा घुम्दै थियो । सबै जीव अजिंगरलाई निस्कँदै देखेर कुलेलम ठोकिसकेका थिए । जब अजिंगरले केही पाएन अनि ऊ क्रोधित भएर उफ्रन थाल्यो । स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्न थाल्यो । यताउता केही पाइन्छ कि भनेर खोज्न थाल्यो । त्यहीबेला एउटी हरिण नवजात शिशुलाई पातको थुप्रो तल लुकाएर भोजन खोजीमा टाढा निस्किइन् । अजिंगरको स्वाँस्वाँफ्वाँफ्वाँले सुकेका पातहरु उड्न थाले र हरिणको बच्चा देखिन थाल्यो । अजिंगरको आँखा त्यो सानो बच्चामाथि प¥र्यो, हेर्दाहेर्दै अजिंगरले नवजात हरिणको बच्चा निल्यो । तबसम्म हरिण फर्किसकेकी थिइन् तर उसले के नै गर्न सक्थी र ?
आँखाभरि आँसु भार्दै टाढाबाट बच्चालाई कालको गाँस बनिरहेको हेरिरही । हरिणको शोक मापन नै हुने थिएन । अनि अजिंगरसँग बदला लिने सोच बनाई । हरिणको मित्रता एउटा न्याउरी मुसासँग थियो । शोकमा डुबेकी हरिणले आफ्नो मित्र न्याउरी मुसालाई सबै कथा सुनाई । न्याउरी मुसालाई पनि धेरै दुःख लाग्यो । उसले हरिणलाई सहयोग गर्ने बाचा गर्यो । तर ऊ एक्लैले नसक्ने हुनाले कमिलाको रानीको सहायता लिने सोच्यो । यो सुनेर हरिण निरास स्वरमा विलापमा जुटी । जब तिमीले त्यो अजिंगरको केही बिगार्न सक्दैनौ भने त्यो सानो कमिलोले के नै गर्न सक्ला र ? न्याउरी मुसाले उसलाई यस्तो नसोच्न आग्रह गर्दै भन्यो कि कमिलासँग ठूलो सेना छ । संगठनमा धेरै शक्ति हुन्छ । यो सुनेर हरिणलाई थोरै आशा पलायो ।
न्याउरी मुसाले हरिणलाई कमिलाको रानी कहाँ लग्यो र उसलाई सबै कथा सुनायो । कमिलाको रानीले सोचविचार गरेपछि एउटा योजना बनाई । कमिलाको गोलोनजिकै एउटा साँघुरो चुच्चो ढुंगाले भरिएको बाटो थियो । त्यही बाटोबाट अजिंगरलाई ल्याउन भनी । अर्को दिन न्याउरी मुसा गएर सर्पको गुफाअगाडि गएर उसलाई बोलाउन थाल्यो । आफ्नोे शत्रुको बोली सुनेर अजिंगर क्रोेधित हुँदै निस्क्यो । न्याउरी त्यही साँघुरो बाटोमा भाग्न थाल्यो, अजिंगरले पनि उसको पिछा गर्यो । अजिंगरले न्याउरीले उसलाई जिस्काउँथ्यो अनि अजिंगर रिसाउँदै न्याउरीको पिछा गर्न बाध्य भयो । यसप्रकार न्याउरीले उसलाई साँघुरो बाटोमा हिँडाइछाड्यो । चुच्चो ढुंगाले अजिंगरको जिउभरि घाउ भयो र ठाउँठाउँबाट रगत चुहिन थाल्यो । त्यही समय कमिलाको सेनाले उसमाथि हमला गर्यो । कमिला उसको शरीरमा चढेर घाउ भएको स्थानमा टोक्न थाले । अजिंगर तड्पिन थाल्यो । हजारौंको संख्यामा भएको कमिलाले टोकेर अजिंगरलाई तड्पाई–तड्पाई मारिछाड्छन् ।
पाठ– संगठन शक्तिले ठूलो–ठूलोलाई मात दिन सक्छ । किनकि.संगठनमा– काइते होइन, व्यवस्था हुन्छ ।संगठनमा– सूचना होइन, समझदारी हुन्छ ।संगठनमा– कानुन होइन, अनुशासन हुन्छ ।संगठनमा– भय होइन, भरोसा हुन्छ ।संगठनमा– शोषण होइन, पोषण हुन्छ ।संगठनमा– आग्रह होइन, आदर हुन्छ ।संगठनमा– सम्पर्क होइन, सम्बन्ध हुन्छ ।संगठनमा– अर्पण होइन, समर्पण हुन्छ ।त्यसैले स्वयम्लाई संगठनसँग जोड़ेर राख्नुस् । संगठन सामूहिक हितका लागि हुन्छ, व्यक्तिगत स्पर्धा र स्वार्थका लागि होइन ।