काठमाडौं । अमिताभ बच्चन । जसको नाममै कम्पनी थियो एबिसिएल अर्थात् अभिताभ बच्चन कर्पोरेसन लिमिटेड । संस्थाले विश्व सुन्दरी प्रतियोगिता पनि गथ्र्यो एकताका । बच्चनका बुहारी ऐश्वर्या राय पनि विश्वसुन्दरी प्रतियोगिता विजेता हुन् ।
अमिताभ बच्चनका नाममा भारतमा सबैभन्दा बढी फिल्मफेयर अवार्डका पुरस्कार छन् । १९७० को दशमा सर्वाधिक लोकप्रिय नेता । पाश्र्वगायक, चलचित्र निर्माणका अलावा टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् बच्चन । सत्तरीको दशक अर्थात् ५० वर्ष अघि चर्चित नायक, ९० को दशमा जननिर्वाचित सांसद र यतिखेर चर्चित टेलिभिजन प्रस्तोता । बच्चनको कौन बनेगा करोडपति भारतीय टेलिभिजन सोनीमा प्रसारणमा छ ।
यो उमेरमा अमिताभ बच्चनको सक्रियता विश्वका नागरिकका लागि उत्साहको विषय बनेको छ । किनभने बच्चनको उमेर युवा पुस्ताको जस्तो अर्थात् ४० या नेपालमा भनिने युवा अझ भनौँ ५० को छेउछाउमा छैन । उनको उमेर ७५ वर्ष हो । यिनै महानायक बच्चनले आफ्ना ट्विट्हरु समेत व्यवस्थित गरेका छन् अर्थात् हरेक ट्विछको नम्बर राख्ने गरेका छन् । उनले एकैदिन तीन–चार वटा ट्विट गरे भने पनि एउटै नम्बरमा राख्ने गरेका छन् । उनको पछिल्लो ट्विट नम्बर हो, २९३७ । जहाँ उनले भनेका छन्, ‘दिनभरमा केबिसी (कौन बनेगा करोडपति) को दुई शृंखला पूरा भयो । बिहान ७ बजेदेखि शुरु भएको राति १० पो बज्यो । अरु पनि काम बाँकी नै छ, रेकर्डिङ स्टुडिओमा छु । बज्छ होला २ जति । कामै त जीवन हो । जीवन संघर्ष हो । सम्झौता गर्नै पर्छ, यसमा परिवर्तन सम्भव छैन ।’
ट्विटरमा बच्चनका ३५ मिलियन फलोअर छन् । ट्विट गरेको ८ घण्टामा १३हजारले बच्चनको ट्विट मन पराएका छन् । १७०० भन्दा बढीले रिट्विट गरेका छन् । ८३५ प्रतिक्रिया छन् ।
अर्थात्, हामी कामकाजी हुन सकिरहेका छौँ कि छैनौँ । बच्चनको ट्विटले झकझाएको छ । बच्चन उमेरका हिसाबले समाजका जेष्ठ नागरिक हुन् । कमाइका हिसाबले पनि उनको सम्पत्ति कम छैन । भारत सरकारले मात्र होइन, विश्वले मन पराएका नायक हुन् । तर यो उमेरमा उनी आराम गरेर बसिरहेका छैनन् । भन्दैछन्, ‘जीवन संघर्ष हो, यसमा सम्झौता गर्नै पर्छ, परिवर्तन सम्भव छैन संघर्षमा ।’
समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने, उत्साहित गर्ने काममा सरिक अमिताभ बच्चन यो उमेरमा १९ घण्टा काम गरिरहेका छन् । हामी भने कामका नाममा आफूलाई कतै एउटा अवधिमा सीमित गरेर जीवनका ऊर्जाशील समय खेर फालिरहेका त छनौँ ?
नौलाख रुपैयाँको कलम बोक्ने अभिताभ बच्चनको सम्पत्ति एकवर्षमै दोब्बर वृद्धि भयो । अर्थात् अघिल्लो वर्ष बच्चन परिवारको सम्पत्ति ५ सय करोड थियो । मार्चमा सार्वजनिक सम्पत्ति विवरणमा बच्चनको सम्पत्ति बढेर एक हजार करोड पुग्यो । तर, कसैले प्रश्न उठाएनन् कि, बच्चन परिवारको सम्पत्ति एकवर्षमै दोब्बर कसरी भयो ? इलाहावादमा ७५ वर्षअघि जन्मिएका बच्चन अहिले पनि १९ घण्टा काममा खटिन्छन् । उनले गरेको काम टेलिभिजनको काँचको पर्दामा देखिएकै छ, अनि कसले प्रश्न सोध्ने बच्चन परिवारलाई कि त्यत्रो सम्पत्ति कसरी आर्जन भयो ? तस्बिरः अमिताभ बच्चनको ट्विटरबाट ।
https://twitter.com/SrBachchan
बच्चनबारे विकिपिडियामा पढ्नुहोस्ः