काठमाडौं । नायिका आँचल शर्मा अहिलेकी चर्चित नायिका हुन् । म्युजिक भिडियोहरुबाट आफ्नो कलाकारिताको सुरुवात गरेकी आँचलले बिग ब्यारनको चलचित्र ‘नाइ नभन्नु ल ४’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । केही म्युजिक भिडियोहरुमा गरेको अभिनयको कारणले उनी निर्देशक बिकासराज आचार्यको आँखामा परिसकेकी थिईन् ।
बिकासराज आचार्यले डेब्यु गराएकी नायिका आँचलको अभिनयले पहिलो चलचित्रमा नै खुब प्रसंसा बटुल्यो । ‘नाई नभन्नु ल ४’मा गरेको अभिनयले उनको चलचित्रको यात्रालाई अझ सहज बनाईदियो । उनलाई चलचित्रको अफरहरु आउन थाल्यो । पहिलो चलचित्रमा नै पल शाहसँग जोडी बाँधिएकोले आँचल र पलको प्रेमसम्बन्ध छ भन्ने हल्लाले पनि कहिलेकाहीँ मिडियामा गतिलै स्थान पाउँछ ।
दोश्रो चलचित्र ‘जोनी जेन्टलम्यान’मा पनि पल र आँचलले सँगै काम गरे । त्यसपछि त झन् उनीहरुको सम्बन्धको बारेमा झन् धेरै चर्चा हुन थाल्यो । ‘जोनी जेन्टलम्यान’ रिलिज भएकै दिन पल र आँचलले बिग ब्यानरको चलचित्र ‘शत्रु गते’मा आबद्ध भएको घोषणा भएको थियो । चलचित्र ‘शत्रु गते’ रिलिज भएको ६ महिनासम्म पनि उनी खाली नै छिन् । उनी अहिले म्युजिक भिडियोका कामहरुमा ब्यस्त छिन् ।सुन्दर अनि चुलबुले स्वभावकी आँचल प्राय बिवादमा आईरहने नायिकामध्ये पर्छिन् । केहिदिन अघि मात्रै पनि उनी एक स्टाटसको कारणले बिवादमा तानिएकी थिईन् । फेसबुकमा राखिएको उक्त स्टाटसमा एकदमै नकारात्मक टिकाटिप्पणी आएपछि उनले स्टाटस समेत हटाएकी थिईन् ।
हिलेसम्म उनले गरेका सबैजसो चलचित्रले बक्सअफिसमा गतिलो ब्यापार गरेका छन् । ‘शत्रु गते’ले राम्रै नाफा कमायो भने ‘नाइ नभन्नु ल ४’ र ‘जोनी जेन्टलम्यान’ले लगानी उठाएर अलिअलि नाफामा थियो । ‘शत्रु गते’ पछि आँचलको ‘ब्ल्याक’ चलचित्र प्रदशर्नमा आएको थियो । तर चलचित्रले खासै कमाई गर्न सकेन । ‘ब्ल्याक’ चलचित्र आँचलले २ बर्षअघि नै छायांकन सक्काएको चलचित्र हो ।
अहिले उनी कुनै पनि चलचित्रमा आबद्ध रहेको खबर छैन । उसो त उनको अभिनय रहेको चलचित्र ‘हिरो रिर्टन्स’को गीत भने सार्वजनिक भईसकेको छ । तर चलचिचत्र भने अहिलेसम्म प्रदर्शनमा आएको छैन । १ बर्षअघि नै ट्रेलर रिलिज भएको चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छैन ।
आँचलको अहिले नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘रेलीमाई’ बोलको उक्त म्युजिक भिडियोमा आँचल भिमफेदी गाईज र सुजन मार्फा तामाङको ‘एलिड २० क्रु’ सँग देखिएकी छिन् । मंगलबार सार्वजनिक भएको गीतलाई यो समाचार तयार पार्दासम्म २ लाख ८१ हजारभन्दा धेरैपटक हेरिसकिएको छ । तस्बिरः महेश प्रधान