१.डाँडाकाँडा भिर पखेरा वाह रे नेपाल ।शितल, शान्त झरना वाह रे नेपाल ।हरियाली बन–जंगल हजारौँ जडिबुटी ।अलौकिक प्राकृतिक छटा वाह रे नेपाल ।लालीगुराँस वनैभरी कुहँकुहुँ कोयली ।जल सम्पदाको धनी वाह रे नेपाल ।जन्मे यहीँ अरनिको शान्तीदुत गौतम बुद्ध ।बिश्व शिरमा सगरमाथा वाह रे नेपाल ।अनेक जाती, धर्म यहाँ अनेक भाषाभाषी ।वीरहरुको जन्मथलो वाह रे नेपाल ।
२किन आज नियास्रो पिलाई हरायौ ।न भोक न निन्द्रा यो के गरायौ ?हुरी चलेको छ अनिदो आँखामा ।छिया–छिया पारी मनमुटु जलायौ ।न देख्न सक्छु नत छाम्न तिमिलाई ।न खाली छ यो दील न माया भरायौ ।कि साथ लेउ कि डाँडा कटाऊ ।न मुक्ति दिन्छौ न आफ्नो बनायौ ।नसामा जहरको असर तोडनलाई ।साटो अमृतको जहरनै पिलायौ ।
३सम्झनाको असिनाले फोडी सक्यो हजुर ।मेरो माया अरुले नै गोडिसक्यो हजुर ।चिल्लाचाप्टा कुरामा फकाइ फुल्याइ किन ?निर्मोहीले आज मलार्ई छोडीसक्यो हजुर ।देवी–देउता भाकलगरी बाचा कसम खाको ।आँखा चिम्ली लत्याएर तोडिसक्यो हजुर ।झुटो बोली मुस्कान अनि मोहनी लगाएर ।पापी माया अन्त कतै मोडीसक्यो हजुर ।
४दायाँ–बायाँ मेरो हरेक सवारमा तिमी छौ ।मैले बस्ने घरको दिवारमा तिमी छौ ।मेरो पूजा देउता धूप दीप पूmलपाती ।भगवान बस्ने मन्दिरको दिवारमा तिमी छौ ।हातको चुरा माँगको सिन्दुर निधारको टीका ।मेरो आत्मा खयाल अनि सवारमा तिमी छौ ।धर्ती भनुकी मैले आसमान तिमीलाई ।चरित्र खोजीगर्दा कुवारमा तिमी छौ ।यो जिन्दगी मुटु अनि मेरो मनभित्र ।सजाएर राखेको दरवारमा तिमी छौ ।
५बिछोड हुँदा पीडा हुने रोगै लागे जस्तो ।भौतारिन्छु माया खोज्न भोकै लागे जस्तो ।कहि–कतै ओझेल पर्दा हुन्छ छट्पटी ।तिम्रो बाटो हेरिरहने रोगै लागे जस्तो ।घर–आँगन वरिपरी जता हे¥यो तिमै्र छाँया ।तिम्रो रुप सम्झिरहने शोकै लागे जस्तो ।बेहोसीमै बर्बराउँछु तिम्रो याद आउँदा ।बाञ्छना त्यो सुनिरहने दोखै लागे जस्तो ।
६चक्नाचुर सपनाको गन्तव्य छैन ।निराकार आकाशको शुरु र अन्त्य छैन ।जति टाढा हुन्छौ म छु समीपै ।जवसम्म अन्तिम मन्तव्य छैन ।म मर्दिन, गल्दिन–न रोकिन्छ यात्रा ।जवसम्म हाम्रो दुरी मध्य छैन ।।फर्केर आउनु बाचा ति सम्झी ।त्यो भन्दा अरु केही साध्य छैन ।।
७तिम्रो माया मेरालागी माहुरीको शूल भयो ।तिमीसंग माया लाउनु जिन्दगीकै भूल भयो ।जीउँदो लास पारिदियौ मुटु मेरो जलाएर ।नजर छैन नयनभरी आँशूको त मूल भयो ।जूनको पनि छायाँ देख्छु जताततै माया देख्छु ।संगै जीउने बाँचा बन्धन किन प्रतिकूल भयो ?जसो–तसो बित्छ दिन रात गाह्रो हुन्छ ।खै किन सम्झनामा यो मन शोकाकूल भयो ।