काठमाडौं । नेपालकै सर्वाधिक कमाइ गरेको चलचित्र ‘छक्का पञ्जा’को तेश्रो सिक्वेल ‘छक्का पञ्जा ३’को ट्रेलर सार्वजनिक भएको छ । ज्योतिषसँगको परामर्शमा शनिबार बिहान ८ बजे सार्वजनिक गरिएको ट्रेलरमा अघिकांश कमेडी सीनहरुको प्रयोग गरिएको छ । चलचित्रले नेपालको शैक्षिक बिषयलाई रमाईलो तरिकाले प्रस्तुत गरेको छ ।
आमा सरस्वती मुभिज प्राली तथा आई एम ईको प्रस्तुती रहेको चलचित्र ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् । चलचित्रलाई सुमन गिरी भान्जा, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेको हुन् । हेरौँ ट्रेलरः
दशैँको अवसर पारेर प्रदर्शनमा आउने यस चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोईराला, बसन्त भट्ट लगायतका कलाकारको अभियन रहेको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र आगामी असोज २४ घटस्थापनाको दिन गते प्रदर्शन हुदैँछ ।