अनिल यादवनवलपरासी । महेशपुर भन्सार दुई महिना अगाडी नवलपरासीवासी लागि चर्चाको विषय बनेको थियो । नवलपरासी जिल्लाको ५ भन्सार नाकाहरु मध्ये महेशपुर भन्सार सबैभन्दा ठुलो भन्सार नाका हो ।
रुपन्देहीको बेलहीया (सुनौली) भन्सारको अधिनमा कामकाज गरिरहेको महेशपुर भन्सार कार्यालयले दुई महिना अगाडीबाट स्तरोन्नतीको काम सुरु गर्ने भनियो । महेशपुर भन्सारको स्तर उन्नति हुने खबरले जिल्लावासी खुसी थिए । महेशपुर भन्सार ठुलो भन्सार पार्ने खबर आएपछि उद्योग वाणिज्य संघले नवलपरासीको बुद्धचोकमा विभिन्न उद्योगिव्यपारी, राजनितिक व्यक्ति अगुवा व्यक्तिलाई आमन्त्रित गर्दै कार्यक्रम गरी द्धिपप्रज्वलन समेत गरे । कपितपयले त आफ्नो पहलमा भन्सारको स्तरोन्नती हुन लागेका भन्दै भाषणा समेत गरे । तर अहिले भन्सार कार्यालयको स्थिती जस्ताको त्यस्तै छ । कागजमा मात्रै स्तरोन्नती भएको भन्सार कार्यालयको संरचना तथा व्यवस्थापनमा भने अझैपनि स्तरोन्नती हुन सकेको छैन ।
के छ समस्या र चुनौति ?महेशपुर भन्सारलाई स्तारोन्नती गर्नको लागि धेरै कुराहरुमा चुनौती देखिएको छ । भन्सार ठुलो भएपनि त्यसको लागि आवश्यक रहेको भौतिक संरचनाको आभाव छ । भन्सारको भौतिक संरचना ठुलो भन्सारको लागि पर्याप्त नभएको कारणले गर्दा यो भन्सार ठुलो भन्सारको रुपमा सञ्चालन गर्न चुनौती रहेको महेशपुर भन्सारका नासु केशव प्रसाद आर्चायले बताउनुभयो ।
ठुलो भन्सार भएपछि आवश्यक पर्ने क्षेत्रफल र कम्पाउण्ड कम भएकोले भारतीय मालवाहक गाडीहरुलाई कहाँ राख्ने भन्ने समस्याले सताएको नासु आचार्यको भनाई छ । साँघुरो बाटो र त्यसमा अन्य सवारी साधन र पैदल यात्रीहरु समेत हिड्ने भएपछि त्यहाँ मालवाहक गाडि आउन जान निकै कठिनाई हुने गरेको आचार्य बताउनुहुन्छ । यसको लागि बैकल्पिक तरिका अपनाउन पनि समस्या रहेको छ ।
त्यस्तै भन्सारमा कर्मचारी र सुरक्षाको समस्या पनि उस्तै रहेको छ । २ महिना वितिसक्दा पनि आवश्यक जनशक्तिको अभाव हुदाँ कार्यालयको नियमित काममा समते प्रभाव पर्ने गरेको छ । भन्सारमा १ जना अधिकृत, ६ जना नायव सुव्वा, १ जना लेखापाल छन् । कायायस्तै खरीदार र कार्यालय सहयोगी गरी जम्मा १७ जनाको दरबन्दि रहेर्को लयले जनाएको छ । तर हाल यहाँ जम्मा ६ जना कर्मचारीले मालसमानको भन्सार र गाडी सुविधा तथा भन्सारको काम सम्हाल्दै आएका छन् ।
कर्मचारीको अभाव यहाँको टड्कारो समस्याको रुपमा छ भने भन्सारलाई आवश्यक पर्ने सुरक्षाको व्यवस्था पनि चुस्त रहेको पाईदैन । कमजोर सुरक्षा ब्यवस्थापनका कारण समेत यस क्षेत्रमा तस्करीले खुब प्रसय पाएको छ ।