काठमाडौं । नायक प्रदीप खड्का पछिल्लो सयमका ब्यस्त कलाकार हुन् । चलचित्र ‘स्केप’बाट कलाकारितामा प्रवेश गरेका प्रदीपको केहिदिन अघिमात्र पाचौँ चलचित्र ‘रोज’ प्रदर्शन भयो । चलचित्रले उत्साहप्रद ब्यापार गर्न नसके पनि समिक्षकहरुले भने राम्रो प्रतिक्रिया दिएका थिए ।
पहिलो चलचित्र ‘स्केप’भन्दा अघि पनि उनले चलचित्र ‘ठुलो मान्छे’मा बालकलाकारको भूमिकाकमा काम गरिसकेको थिए । यद्यपी त्यसमा उनको एकदमै छोटो भुमिका थियो । त्यसकारण पनि प्रदीप ‘स्केप’लाई नै डेब्यु चलचित्र मान्छन् । ‘स्केप’बाट खासै चर्चा कमाउन नसकेका प्रदीपको दोश्रो चलचित्र ‘प्रेम गीत’ प्रदर्शनमा आयो । राम्रो ब्यानरसँग सहकार्य गरेका उनको दोश्रो ‘प्रेम गीत’ प्रदर्शनमा आएपछि भने उनले कल्हिल्यै पछाडी फर्केर हेर्नुपरेन ।
अहिले ५२ लाखको कार चढने हैसियत राख्ने प्रदीप कुनै समय साइकल चलाएर हिड्थेँ । एक मिडियासँगको कुराकानीमा प्रदीपले आफ्नो चाखलाग्दो साइकल कहानी सुनाएका छन् । ‘म कक्षा ६-७ मा पढ्ने समयमा बाबाले साइकल किन्दिनुभएको थियो ।’ प्रदीप भन्छन्, ‘त्यतिबेला एउटा साथीलाई साइकल चलाउन दिएको दिएँ, उसले त हराईदिएछ भन्या ! ’
साइकल हराएपछि बुवाले खुब गाली गरेको त्यो दिनलाई प्रदीपले अझै पनि बिर्सेका छैनन् । ‘एकबर्षजति भएको थियो साईकल किनेको, साथीले हराइदियो ।’ प्रदीप हाँस्दै सुनाउँछन्, ‘साइकल हराईसकेपछि साथीले ३ हजार रुपैयाँ चाहीँ देको थ्यो ।’ हराएको साइकल एकदमै राम्रो रहेको प्रदीपको भनाई छ ।
साइकलको कुराकानी चल्दै गर्दा प्रदीपले साइकल सिकाईको रोचक प्रसङ्ग पनि जोड्न भ्याईहाले । त्यो समयलाई सम्झदैँ प्रदीपले भने, ‘एउटा चेनविनाको साइकल थियो, हामी २/४ जना साथी मिलेर साइकललाई उकालोमा डो¥याउदैँ लग्थ्यौँ, अनि डाँडाबाट ओरालोमा खुर्र आउथ्यौँ ।’
साइकलको कुरा गर्दैगर्दा उनी ५२ लाखको कारको ड्राईभिङ सिटमा बसेर गाडी चलाइरहेका थिए । ‘प्रेमगीत २’ चलचित्र सफल भएपछि निर्माता सन्तोष सेनले नाफाको केहि प्रतिशत रकमको कार किनेर प्रदीलाई उपहार दिएका थिए । चलचित्र ‘रोज’ रिलिज पछि उनी अहिले फुर्सदमै छन् । केहि समयपछि उनको आगामी चलचत्रि ‘भैरवी’ र ‘लभ स्टेसन’मा ब्यस्त रहनेछन् ।