अपराधका प्रवृत्ति विश्लेषण गर्न सकिन्छ। नेपालमा अहिलेसम्म यस्तो केन्द्र बन्न सकेन। २०१२ मा प्रयास गरेको थिएँ, तर भ्याइनँ । पहिला बिगतका तथ्यांक संकलन गर्नु पर्छ, अपराधका । त्यतिसम्म गरी, तथ्यांक विभागको सहयोगमा विश्लेषण गरियो । त्यसपछि नयाँ तथ्यांक राखी विश्लेषण गर्ने काम भएन।
अहिले समाज अक्रान्त छ । मानिसको सकारात्मक सोच र सिर्जनात्मकता ध्वस्त बनाइएको छ ।
देश माफिया, भ्रस्टाचारी, विदेशी दलाल, अन्धवादी र राजनीतिक सहिष्णुता नभएका मानिसहरुको खेल मैदान भएको छ। यही सेरोफेरोमामा अपराधका घटना भइरहेका न्। विनय झा, राम्रो अपराधसास्त्री र कानुनविद् हुन् । उनी र मेरो अपराधका यी प्रवृत्तिबारे कुरा भयो। यसबारे छलफल र अनुसन्धान गर्ने कुरा भयो। सर्सर्ती हेर्दा केही प्रवृत्ति देखिन्छ।
१. जति बलात्कारका घटना भएका छ्न्, ती बालिकामाथि भएका छ्न् । यसको तात्पर्य यौनबास्ना भन्दा अन्य आपराधिक मनसायबाट भएका हुन् भन्ने अनुमान हुन्छ । समाजलाई आंतकित पार्ने वा समाजलाई एकातिर अल्मल्याएर अन्य जघन्य अपराध गर्ने योजनाका कारणका रुपमा रहन सक्छ्न् । जस्तै २०६३–६४मा अपहरणका घटनाको जगजगी थियो । तर प्रत्येक घटनापछि बैंक डकैती भएको पाइन्छ ।
२. बालिका बलात्कार भएका छन्, प्रमाणहरु नस्ट गर्ने प्रवृत्ति देखिएका छन् । यसको तात्पर्य हुन्छ, बलात्कारको घटना भन्दा पहिलादेखि नै योजना थियो । अतः समाजलाई आतंकित पार्नु मुख्य लक्ष्य हो।
३. यो सरकारले शुरुमा सवारी कार्टेलिङविरुद्ध सक्रियतापूर्वक काम गर्यो। दशकौँदेखि मोज गर्नेहरूलाइ कारबाही गर्यो र देशमा सरकार छ भन्ने अनुभूति दियो। आम नागरिक यसको समर्थनमा ओर्लिए। माफियाहरु डराए ।
४. पैसा र भ्रममा धर्म परिवर्तन गर्ने, बजार तस्करी, यौन धन्दा तथा पोर्न व्यवसाय, सुन तस्करी र जगा दलालीमा लागेकालाई कानुनको चुनौति हुने खतरा पैदा भयो ।
५. यिनै अपराधी संयन्त्र सक्रिय भएका हुन् र उनीहरुको पहुँच प्रहरी र प्रशासन र राजनीतिमा छ भन्ने कुरा त्यसपछिका आन्दोलनले देखाएका छ्न् ।
६. अचानक केही डाक्टर, केही पत्रकार, तरकारी दलाल, सार्वजनिक सवारी र ट्यांकर व्यवसायी नाजायज आन्दोलनमा उत्रिनु नै प्रमाण हो, उनीहरुलाई थाहा छ यदि नयाँ संहिताहरु कार्यान्वयनमा आए उनीहरु फन्दामा पर्नेछ्न् ।
७. सरकारले यी घटनाको विश्लेषण गरेन । सरकारमा बस्नेहरूले अरुलाइ ढोका बन्द गरे ।
८. अहिले घर किनबेच ह्वातै बढेको देखिन्छ। मालपोत राजस्व बढेको हेर्नुहोस् । अर्थमन्त्रीले बुझ्नु पर्ने हो । सेयर मार्केट ओरालो लाग्नु, शहरी घर बिक्री वितरण बढ्नु र आन्दोलनको मौसम आउनुले के देखाउछ ? नयाँ कानुनको खारेजी वा असफलताको वातावरण बनाइँदैछ ।
९. यस्ता हर्कतलाई सहयोग गर्नेले आफ्नै जीवनलाई खतरामा हाल्छ्न्।
१०. प्रहरीभित्र माफिया सफा गर्न आइजिपी साब लाग्नु पर्ने देखिन्छ । हिजोको प्रहरी विवाद आन्दोलनमा पोखिएको छ। एकजना प्रहरी आन्दोलनमा लाग्न टयांकरवाला फकाइरहेको भिडियो मलाई एकजना भलाद्मीले देखाए । गृहमन्त्रीले सहयोग लिन सकेनन् । उनलाई घेराबन्दी गर्न सक्रिय उनी सहयोग लिन निस्क्रिय ।
संग्राैलाकाे फेसबुकबाट ।