–कृष्ण भुसाल
निमोठ्दै गर, क्रान्तिका बोटहरुरोप्दै प्रतिक्रान्तिका विषवृक्षवर्गीय मुक्तिका लागि लडेकाहरुलाईमिल्काऊ रद्दीका टोकरीहरुमासिध्याऊ उसका इतिहासहरुलाई
बनाऊ किचेन क्याबिनेटउनै भक्त हनुमानहरुकोसुनिदेऊ उनैको सल्लाहहरुदिँदै झल्को शाहीकालीन युगकोदेऊ तिलाञ्जली सपनालाईवर्गीय मुक्तिको
टेकी ढाडहरुमा मजदुरहरुकोखेली पौडी रगतमा, उनै निमुखाहरुकोपुग्यौ तिमी रोडबाट करोडमातर बाँड्दैछौ सपना अझै साम्यवादकोबसी बिलासी महलहरुमा
थप्दै दोहोरो जिम्मेवारीतिम्रै चम्चे भान्सेहरुलाईबनाऊ भूमिकाविहीन अनि बेरोजगारक्रान्तिका लागि शिर फुटाउनेहरुलाईमुक्तिको लागि मर्न तयार हुनेहरूलाई
बनाऊ कमिटी माफियाहरुकोदेऊ सारा तालाचाबी राष्ट्रको अनि पार्टीकोउनै भ्रष्ट अनि तस्करहरुलाईबन वामपन्थीबाट दामपन्थीलुटिदेऊ गरिबका खुशीहरु
बिगबिगी भो यहाँ लाल गद्दारहरुकोरोप्दैछन तरबार आफ्नै सहयोद्धाहरुमाजसले मौरीजस्तै जुटायो मह संगठनकोउनै निस्वार्थी मौरीहरु आज टोकिँदैछन्केही बादशाही अरिङ्गालहरुबाट
लगाइँदैछ करहरु यहाँमजदुरका लाशहरु माथिहिँड्दैछन खुलेआम बलात्कारीहरुपाउँदैछन उन्मुक्ति सुन तस्करहरुहुँदैछ यहाँ आभाष लुटतन्त्रको तरछोपिदिन उन्का गल्तीहरुबन्नै पर्नै अरे अरिङ्गालहरु
मेटिँदैछन नक्साबाट हाम्रै कालापानीहरुछोयो गगन महंगीलेभाँचियो ढाड गरिबहरुकै तरसुन्दैनन् स्वर जनआक्रोशकोसुन्छन् त केबल बनावटी प्रशंसाहरुउनै चाप्लुसीहरुको
दिइन्छ सत्ताका कुर्सीहरु दोहोर्याइउनै हरूवा चरुवाहरुलाई !खाँटी कार्यकर्तालाई त केबल दौडाइन्छचुनावी अभियान अनि आन्दोलनहरुमागरिन्छ अवमूल्यन योद्धाहरुकोभित्र्याइयो संस्कृति चाकडीवादको
कुल्चेर सारा कम्युनिस्ट संस्कारहरुलाईदियौ प्राथमिकता अन्धभक्तहरुलाईगरिँदैछ प्रहार उनै राता माहुरीहरुमाथिउनैको मह चाट्दै निरन्तरघार मास्न पोसिँदैछ, दुष्ट अरिङ्गालहरुलाई